टोपलाल अर्याल
गुल्मी, १७ चैत। गुल्मीमा साढे १७ सय भारत तथा अन्य मुलुकबाट आएका छन् । तर क्वारेन्टाइनमा ५५ जना मात्रै छन् । कल्पना गर्नुस बाँकी कहाँ छन् । घर, ससुराली वा आफन्त । पहिले शहर असुरक्षित भनिथ्यो । अहिले गाउँमा जस्तो त्रास कहि छैन् । लक डाउनको ३० प्रतिशत भन्दा बढि कार्यान्वयन गाउँमा छैनन् ।
जिल्लाका अधिकांश स्थानीय तहले भारतबाट आएकाहरुलाई व्यावस्थापन गर्न नसक्नुनै आफुहरुको प्रमुख चुनौति भनेका छन् । यो अवस्थाको अन्त्यका लागि धुर्कोट गाउँपालिका ५ वस्तुले गाउँ नियन्त्रण अभियान थालेको छ । लक डाउनको अवज्ञा गरेर मानिसहरु टोल–टोलमा भेला हुने, खेलहरु खेल्ने, तास खेल्ने, पसलहरुमा भिड लगाउने प्रवृति बढेपछि गाउँ नियन्त्रण अभियान संचालन गरिएको हो । वस्तुमा बसेको सर्वदलिय बैठकले ५ सदस्य रहेको कार्यदल गठन गरेको छ ।
सर्वदलिय बैठकले लक डाउनको उल्ङघन गरेको पाएमा भाटाले छाप पर्ने गरेर हिर्काउने अधिकार दिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलल् बताए । सिङ्गो वार्डलाई २८ टोलमा बिभाजन गरिएको छ । प्रत्येक टोल नियन्त्रणको लागि ८१ जना युवा स्वयंसेवक समेत तोकिएको पोख्रेलले बताए । अत्यावश्यक परे वडा कार्यालय र जनप्रतिनिधीलाई खबर गर्नु पर्ने तर बिना कुनै जानकारी लक डाउन तोडे ठाउँको ठाउँ भाटे कारबाही गरिने कार्यदल संयोजक लोकहरी भण्डारी बताए ।
धुर्कोट गाउँपालिकाले विपन्न नागरिकका लागि खाद्यान्न संकलन अभियान पनि सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न देश लक डाउन भएको एक हप्ता पुग्न थाले । यो अवधि अझै एक हप्ता थपिएको छ । जसका कारण विपन्न नागरिकलाई पर्न सक्ने असरलाई मध्ये नजर गरेर गाउँमै खाद्यान्न संकलनको अभियान थालिएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए । उनले आफुले सक्ने गाउँको उत्पादन सहयोग गरेर कोरोनाको बिपद् न्यूनिकरणमा राज्यले गरेको लक डाउनलाई सहयोग पुराउन सवैलाई आग्रह गरेका छन् ।
अहिलेसम्म करिव ५ लाख संकलन भएको बताए । मंगलबार वाग्लामा ६० जना र बस्तुमा ४० जना अति विपन्नलाई खाद्यन्य वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए ।