gulminews logo
शुक्रबार, २०८० चैत्र १६

वषौंदेखि बाँझिएका जमिनमा खेती गर्न सुरु

अनिल खत्री
८ जेठ, गुल्मी । कुनैबेला मुरिका मुरि खेती उत्पादन गर्ने बाँझिएका जग्गाहरुमा पुन खेती गर्न थालेका छन् । कोरोना भाइरसले गर्दा लक डाउनमा बाहिर हिड डुल गर्न नपाएपछि गुल्मीका ग्रामीण भेगमा वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा ५ जनाले वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा बिभिन्न व्यवसाय गर्दै आएकाहरुले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को सेउघामा स्थीत वषौदेखि बाँझो रहेको खेतमा खेती गर्न थालेका छन् ।

बिभिन्न कारणले गर्दा खेती गर्न छोडेपछि उब्जनि योग्य करिब ३ सय रोपनी जमिन बाँझो बनेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन लक डाउनले गर्दा अन्य व्यवसाय बन्द भएपछि ग्रामीण भेगमा रहेका बाँझो जमिनलाई सदुपयोग गर्दै कागती खेती गर्न थालेका हुन् ।

बाँझो जमिनमा स्थानीय नरेन्द्र थापा, टिका थापा, उमाशंकर पन्थी, झबी पाण्डेय, भेषरजा पन्थी र श्याम क्षेत्रीले बाँझो जमिनमा कागती खेती गर्न सुरु गरेका छन् । गाउँमा खेती लगाउने समयमा खेतलाहरु नपाउनु र बजारमा अन्य पेसा व्यवसायले गर्ने गर्नाले वषौंदेखि उत्पादन योग्य जमिन बाझिदै गएको थियो ।

खेती योग्य जमिनमा उत्पादन गर्न छोडेसँगै बनमारा,उत्तिस लगायत बिभिन्न घाँसहरु उम्रिएर झाडी बनेको थियो । बाँझो जमिनमा अहिले कागती लगाउनको निम्ति खाडल खन्ने काम गरिरहेका छन् ।

बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केहि युवाहरुले रोजगार पाउदा खुसी भएका छन् । बाझिएको जमिनमा कागती खेती गर्न योग्य रहेकाले यस वर्षबाटसुरु गरेको कृषकहरु बताउछन् ।

१० वर्ष पहिले धान खेती हुँदै आएको खेतमा अहिले उम्रिएका बिभिन्न बोटहरु काटेर कागती खेती अभियान सुरु गरेको कृषकहरुको नरेन्द्र थापाले बताए । हाल बाँझो रहेको ८० रोपनी जमिनमा १२ सय कागतीका बिरुवा लगाउन लागेका छन् ।

कागती लगाउनको निम्ति रेसुङ्गा नगरपालिकाले खाल्डा खन्न र बिरुवामा अनुदान दिने भएको छ । कगाती लगाएको दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न नगरपालिकाले अनुदान दिने भएको नगरपमुख डिल्लीराज भुसालले बताए ।

बजारमा कागतिको माग धेरै भएकोले कृषकहरुका लागि यो अवसर भएको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बियजय मरासिनीले बताए । नगरपालिकाले ४४० रोपनी अर्थात २२ हेक्टर बाजो जमिनमा कागती खेती गर्ने तयारी गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ भत्तिराम मरासिनीले बताए । नगरपालिकाले प्रती २० रोपनी जग्गामा ४ सय बोट कागती लगाउने किसानलाइ पहिलो बर्ष रु ९६ हजार जति खर्च हुनेमा ७२ हजार अनुदान दिने भएको छ ।

४ सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न रु ४० हजार का दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए । नगरपालिकाका कागती खेतिको लागि आवश्यक जग्गा, खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।

नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार ४ सय ४० रोपनि जग्गामा प्रती रोपनी २० बिरुवाको दरले ८८सय कागती रोप्ने तयारी भएको बताए । कागतिको लागि खाडल १ मिटर गहिराई र १ मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्ने गरि काम भएको पन्थीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D