gulminews logo
बिहीबार, २०८१ बैशाख १३

लोक दोहोरी दिवसको अवसरमा प्रतिष्ठान गुल्मीले बिद्यालयलाई सहयोग

अनिल खत्री
२९ फागुन, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले तम्घासको एक बिद्यालयलाई सहयोग गरको छ । लोक दोहोरी दिवसको अवसरमा प्रतिष्ठान गुल्मीले फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्दै आउको उपल्लो तम्घास माध्यमिक बिद्यालयमा तातो चिसा ेपानी आउने फिल्टर खाजा सहयोग गरेको हो ।

शनिवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठान गुल्मीका उपाध्यक्ष प्रकाश बस्नेत,पूर्व अध्यक्ष खुम खत्री, जनक पन्थ लगायतले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बराल, प्रधानाध्यापक पिंकी भुसाललाई हस्तातरण गरेका हुन् । रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यामिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुले पढने बिद्यालयमा सफा पानी खुवाउने उदेश्यले फिल्टर प्रदान गरिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।

दोहोरीगित प्रतिष्ठान गुल्मीले विभिन्न समयमा सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए । प्रतिष्ठान गुल्मी आगामी दिनहरमा गरिने कार्यक्रमहरुबाट यस बिद्यालयमा रहेका फरक क्षमताका बिद्यार्थीहरुलाई सहयोग जुटाउने खत्रीले बताए ।

यस्ता फरक क्षमता भएका बालबालिकालार्ई प्रतिष्ठानले सधैँ सहयोग गर्ने बताए । लोक दोहोरी प्रतिष्ठान गुल्मीले विद्यालयलाई सहयोग गरेको प्रति रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण बरालले धन्यावद व्यक्त दिए ।

उनले यस बिद्यालयमा फरक क्षमताका बिद्यार्थीहरुले अध्यापन गर्दै आउकाले सबैले यस्तै सहयोग को अपेक्षा गरिएको बरालले बताए । उपल्लो तम्घास माध्यामिक विद्यालयका प्रधानध्यापक पिंकि भुसालले विद्यालयलाई आगमी दिनमा पनि सहयोगको अपेक्षा गरिन ।

उनले फरक क्षमताका बिद्यार्थीहरुले बस्ने आवासको समस्या भएकाले त्यस तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । लोक दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले संधै हामीले नाचगान गरी दिवस मनाउने कार्यलाई फरक तरिकाले मनाउने उदेश्यले बिद्यालयमा सहयोग गरेको बताए ।

फरक क्षमता भएका बालबालिकाहरुलाई मनोरज्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गायक हरि खत्रीले गित गाएर बालबालिकालाई मनोरञ्न दिएका थिए । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीले पढर्दै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D