gulminews logo
शुक्रबार, २०८० चैत्र १६

लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीको अनलाइनबाटै सधारण सभा सम्पन्न

अनिल खत्री
३ कात्तिक गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले १५ औं साधारण सभा सम्पन्न गरेको छ ।कारोना महामारीका बिच प्रतिष्ठान गुल्मीले जुम माध्यमबाट साधारण सम्पन्न गरेको हो ।

सभामा प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीको अध्यक्षता, लुम्बीनी प्रदेश अध्यक्ष संयोजक डिल्लनारायण पाण्डेको प्रमुख आतिथ्यता र निर्वतमान अध्यक्ष जनक पन्थ, पूर्व अध्यक्ष खुम खत्री लगायत जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सभाले आर्थिक सांगठनीक प्रतिबेदनको बारेमा छलफल गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । सभाको अबसरमा प्रतिष्ठान गुल्मीले २ जना व्यक्तिलाई सम्मान समेत गरेको थियो । 

सम्मानीत हुनेहरुमा नेपाल सरकारबाट जनसेवा श्री पन्चम पदकबाट सम्मानीत हुन सिफारिस भएकोमा प्रतिष्ठान गुल्मीका कार्यसमिति सदस्य मोहन बस्ने र प्रतिष्ठानको कार्यालय एक वर्षको भाडा सहयोग गर्ने मुसिकोट नगरपालिका निवासी शंकर अर्यालाई सम्मान गरिएको प्रतिष्ठानका निर्वतमान अध्यक्ष जनक पन्थले बताए । साधारण सभाको अबसरमा सम्मान पत्रले सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D