gulminews logo
बिहीबार, २०८१ बैशाख १३

लैंगिक हिंसा न्युनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड

अनिल खत्री
२० मंसिर, गुल्मी । लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।

उनीहरुले महिला हिंसा अन्त्यको लागि प्रत्येक घरपरिवार, व्यक्तिबाट नै हिंसामुक्त वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । महिलाहिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालमा विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लैंगिक हिंसा बढ्दै गएको र विशेष गरी महिलाहरु पीडित भएको विषयमा सहभागीहरुले चासो व्यक्त गरेका छन् । कार्यक्रमका मुलुकी फौजदारी संहिता, देवानी संहिता र घरेलु हिंसा तथा कसुर सजाय ऐन २०६६ मा भएका कानुनी प्रावधानको बारेमा अधिवक्ता विनोद पाण्डेयबाट प्रशिक्षण दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष आएका उजुरी र समग्र अवस्थाबारे प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर कुवँरले सहजीकरण गरेका थिए । त्यसैगरी हिंसा न्युनीकरणमा नागरिक समाजको भूमिकाको विषयमा पदमप्रसाद पाण्डेयले सहजीकरण गरेका थिए ।

सुहाआरा कार्यक्रमको तर्फबाट राजेन्द्र विश्वकर्माले स्वास्थ्यमा महिला हिंसाले पारेको असरका बारेमा जानकारी दिए । जिल्लास्थित नागरिक समाज,पत्रकार, अधिकारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममको अध्यक्षता एकीकृत ग्रामीण विकास समाज गुल्मीका उपाध्यक्ष भगवती श्रीस, स्वागत दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बराल र सञ्चालन महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष हीरा कुवँरले गरेकी थिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D