अनिल खत्री
२२ मंसिर, गुल्मी । सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था रहेको छ । दुर्घटनामा सयौैंको मृत्यु हुने गरेको छ । भने कयौं घाइते हुने गरेका छन् ।
बढ्दो दुर्घटना न्यूनिकरण गर्न सरकारी तवरबाट पनि उत्तिकै कार्यक्रमहरु आयोजना हुने गरेका छन् । गुल्मी जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेर दुर्घटना न्यूनिकरण गर्ने प्रयास गरिएको छ ।
दुर्घटना न्यूनिकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्लाका सवारी चालक सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी कार्यक्रम गरिएको हो ।
सडक सुरक्षा, ट्राफिक नियम चिन्ह् तथा संकेतहरु, सवारी चलाउदा सवारीमा यात्रा गर्दा अबलम्बन गर्नुपर्ने सुरक्षा सर्तकर्ताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सह–सचिव देबिराम पाठकले बताए । बिभिन्न चरण पास गरेर लाइनसेन्स लिए पनि मानबिय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानब नै जिम्मेबार बन्नु पर्नेमा जोड दिए ।
सचेतना कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँड लगायतका ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी जनचेतना मुलक प्रस्तुति राखेका थिए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्नेमा जोड दिए । उनले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनिकरण हुने बताए । जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहि हदसम्म सहयोग पुग्ने सहभागिहरु गाडी धनी हिमाल कुँवरले बताए ।
उनले यस्तो खालका कार्यक्रमहरु समय समयमा हुनुपर्नेमा जोड दिए । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले प्रदेश सरकारले सबै जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।