gulminews logo
शुक्रबार, २०८० चैत्र १६

लिम्घाका पहिरो पिडितका लागि जिपि पाउण्डेशनद्धारा ३ लाख बराबरको जस्तापाता हस्तान्तरण ।

कौरव खत्री
गुल्मी २६साउन।गुल्मी सत्यवतिका पहिरो पिडतिका लागि .गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउ शाखाद्धार जस्तापाता हस्तान्तरण गरिएको छ ।

शनिवार सत्यवति गाँउपालिका वडा नं ४ लिम्घाका पहिरो पिडितहरुका लागि राहत स्वरुप ३ लाख बराबरको २९ बन्डल जस्तापाता विपि फाउण्डेसल प्रदेश नं. ५ का सह–संयोजक बिष्णुकुमारी सापकोटाद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेकी हुन ।

जस्तापाता हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, महिला विभाग सदस्य कमला पन्थी, महिला विभाग सदस्य बसन्ती पन्थी,नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समितिका सभापति सिता पाण्डे,नेपाल महिला संघकी क्षत्रीय सदस्य सिता आचार्य, नेपाल महिला सघ रेसुङ्गा नगरपालिका वडा नं. ८ की सभापति जमुना न्यौपाने,गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउशाखकी प्रतिनिधि लक्ष्मी ज्ञवाली,सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली,नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं. ४ का वडा सभापति गंगा बहादुर शाही लगायतको विशेष आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

साथै सोही अवसरमा नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समिति र नेपाली काँग्रेस महिला विभागले संयुक्त रुपमा नगद रु.१० हजार रकम गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D