लाँकुरी मञ्च भत्काई ५५ लाख खर्चेर बनाएको थ्रिडी पार्क सञ्चालनमा आएन, संरचना बिग्रन थाले

गुल्मी, १७ भदौ । गुल्मी तम्घासको लाकुरी मञ्चमा निर्माण भएको थ्रिडी पार्क अलपत्र परेको छ । रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रकम खर्च गरी निर्माण भएको पार्क लामो समय भइसक्दा पनिसञ्चालनमा आउन सकेको छैन ।

पार्कको संरचना निर्माण भएको एक वर्ष पुगिसकेको छ । तर निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । पार्क संचालन र व्यवस्थापनको काम पनि भएको छैन् । जसका कारण संरचना बिग्रन थालेका छन् ।

पार्क बेवारिसे अवस्थामा रहेकोले पार्क जीर्ण बन्ने चरणमा छ । पार्कको गेट भाँचिएको छ । रंगरोगनसमेत मेटिन थालेका छन् । पार्कमा जानेहरुले फोहोर गर्ने, संरचना बिगार्ने गरेका छन् । पार्कको फोहोराबाट संकलन हुने पानीमा सडक बालबालिका पौडी खेल्ने गरेका छन् ।

वर्षौदेखिको पहिचान र संरचना लाँकुरी मञ्च भत्काएर पार्क बनाउने विषयमै थुप्रै मतभेद हुँदाहुँदै यो पार्क निर्माण भएको हो ।

लाँकुरी मञ्चको वर्षौदेखिको पहिचान नै गुम्ने तर लामो समयसम्म पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुःखद भएको स्थानीय बताउँछन् ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पार्कका संरचनामा क्षति पुगिरहेको विषयमा पनि आफूलाई जानकारी भएकाले सञ्चालनमा ल्याउन पाए एकजना नगर प्रहरी खटाउने योजनामा रहेको बताए । -अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ