gulminews logo
बुधबार, २०८१ बैशाख १२

लगानीको वातारण छैन : प्रधान

टोपलाल अर्याल
गुल्मी, १९ पुस, गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर कुमार प्रधानले उद्घाटन गरे । शनिबार साधारण सभालाई संबोधन गर्दै प्रधानले उद्योगी व्यावसायीहरुले ढुक्कले लगानी गर्ने वातावरण राज्यले सृजना गर्न नसकेको बताए ।

‘नेपालको समृद्धि उद्योग र पर्यटन हो तर सरकारले उद्योगी व्यावसायीलाई धरासायी पारिरहेको छ,’उनले भने,‘बैंकको क्रृण तिर्न नसकेर कति उद्योग टाट पल्टिने अवस्था आएको छ ।’ साथै प्रधानले सरकारको तीन खम्बे अर्थ नीतिलाई आफुहरुले पनि आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै अर्थतन्त्रको विकास र हितको लागि प्राईबेट सेक्टरलाई सरकारले पनि सहयोग पुराउनुपर्नेमा जोड दिए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जिल्लाका उद्योगी व्यावसायीहरुको व्यावसायीक हितमा आफुहरु सधै रहने बताए । उनले अहिलेसम्म सघले गर्दै आएको रचनात्मक कार्यहरुलाई स्थानीय तहहरुको सहकार्यमा अझै जिल्लाव्यापी बनाउने बताए । साथै भलामीले भ्रमण बर्षलाई टेवा पुराउने उदेश्यले आउने २१ चैत्रदेखि १ बैशाखसम्म प्रादेशिक औद्योगिक एवं व्यापार मेला आयोजना गर्ने बताए ।

सामाजिक कार्यमा सक्रिय

गुल्मी उद्योग बाणिज्य संघले समाज विकासका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको छ । अहिलेसम्म संघले रक्त संञ्चार केन्द्र स्थापना र बाढी पहिरो र अन्य विपत्मा परेका परिवारहरुलाई सहयोग गर्दै आएको छ । उद्योग बाणिज्यसंघले रेसुङ्गा नगरपालिका, शहरी विकास तथा भवन डिभिजन कार्यालयको सहकार्यमा चिदिचौरमा मञ्च तथा क्रियापुत्री भवनको निर्माण गरेको वाणिज्य संघका सचिव राजकुमार कक्षपतिले बताए । साथै नगरपालिकाको सहयोगमा पुतलीबजारमा पुल निर्माण समेत गरिएको छ । त्यस्तै ‘एक गाउँ एक उत्पादन’ अन्तरगत कफिको क्षेत्रमा काम भएको छ । भने किसानका लागि उन्नत बिउबिजन कार्यक्रम अन्तरगत बिउ, मासु र दुधको बजारीकरणको क्षेत्रमा काम गरिएको कृषि उद्यम विकास समितिका संयोजक गोपाल भुसालले बताए ।

बिपन्न परिवारका लागि क्लोथ बैंक

गुल्मी उद्योग बाणिज्य संघले क्लोथ बैंक संचालनमा गरेको छ । बैंकबाट अनाथ, असहाय, अपाङ्ग तथा दैविक प्रकोप पीडित परिवारलार्ई न्यानो कपडा वितरण भैरहेको छ । यो बर्ष विभिन्न जिल्लाका एक सय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको बाणिज्य संघले जनाएको छ । क्लोथ बैंकमा अझै दुई सय बढि व्यक्तिहरुलाई बितरण गर्न पुग्ने लत्ताकपडा र चार लाख बैंक मौज्दात रहेको संघका महासचिव तारा भुसालले बताए । साथै भुसालले संघ मार्फत तम्घास बजारमा सिसि क्यामेरा जडान, असाहय तथा बिपन्न सिता पन्थीको घर निर्माण तथा मृगौला पीडित अनमोल शाक्यलाई समेत आर्थिक सहयोग गरेको बताए ।

रेसुङ्गामा आधुनिक सिडी निर्माण

गुल्मी उद्योग बाणिज्य संघले रेसुङ्गाको पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पु¥याउँदै आएको छ । जसका लागि रेसुङ्गा पोखरीदेखि यज्ञशालासम्म निर्माण भैरहेको रेलिङ्गसहितको आधुनिक सिढीको लागि करिव १५ लाख सहयोग गरेको कोषाध्यक्ष इश्वरी प्रसाद बेल्बासेले बताए । त्यसबाट पोखरीदेखि यज्ञशालासम्म पुग्ने तिर्थयात्रीलाई सहज हुनेछ । साथै उद्योग वाणिज्य संघ र रुरु रेसुङ्गा पर्यटन विकास समितिको सहकार्यमा दोस्रो गुल्मी महोत्सव पश्च्यात रेसुङ्गा पोखरीमा २७ धारा तथा मैरी निर्माण गरेको थियो । हरेक महोत्सवबाट बचत मध्येबाट सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरु भैरहेको बेल्बासेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D