gulminews logo
बिहीबार, २०८१ बैशाख २०

रेस्क्यु युथ क्लवको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कौरव खत्री
गुल्मी, ३ कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा स्थित रहेको रेस्क्यु युथ क्लवले शुभ दिपावलीको अवसर पारेर पाँचौ बार्षिकोत्सवमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा पुरुष भलिवल प्रतियोगिता तर्फ पिवाइसी हटिया गलकोट नगरपालिका ३ बागलुङ प्रथम, जनसेवा युवा क्लव समूह वी बडिगाड गाँउपालिका १,बागलुङ द्धितीय भएको छ । भलिवल प्रतियोगितामा विजेता समूहलाई कप,मेडल,प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।
त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ अन्सु परियार प्रथम,प्रतिक्षा विक द्धितीय,प्रिती बस्नेत तृतीय भएकी छन् भने क्षेत्रे ढाव समूह सान्त्वना भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै कार्यक्रममा ऐतिहासिक सराय नाच,भाले छोपाइ प्रतियोगिता सम्पन्न भएका थिए ।

कार्यक्रममा जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद आचार्य,नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,समाजसेवी बेल सिंह ठकुरी, समाजसेवी लिल बहादुर थापा एंव चन्दादाता, समाजसेवी,सहयोगदाताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवी लिल बहादुर थापा, र समाजसेवी बेल सिंह ठकुरीलाई दोसल्ला,माँयाको चिनो र करुवाले सम्मान गरिएको थियो भने सोही अवसरमा क्लवलाई आर्थिक एंव विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा स्थानीय कलाकार देवेन्द्र परियार, सागर नेपाली,शुसिल नेपाली लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रम रेस्क्यु युथ क्लवका अध्यक्ष विजय रानाको अध्यक्षता तथा मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष रविन्द्र के.सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्लवका सदस्य धर्मेन्द्र नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पत्रकार दिपक नेपालीले गनुभएको थियो ।

गत असोज २० गते देखि २२ गतेसम्म गर्ने भनिएको कार्यक्रम अविरल बर्षादले गर्दा स्थगित गरिएको कार्यक्रम गत असोज २९ गते देखि शुरु भई कार्तिक १ गते सम्पन्न गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D