gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा ८ का वडा अध्यक्ष निस्के बेल्चा लिएर सडकमा

अनिल खत्री
१३ जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ का वडाअध्यक्षले बेल्चा लिएर सडकका खाल्डा पुर्न उत्रिएका छन् । जिल्ला सदरमुकाम तम्घासको गुल्मी अस्पताल नजिकै रहेको सडकमा परेका खाल्डा पुर्न वडाअध्यक्ष निरञ्जन काउछा आफैले बेल्चा लिएर खाल्डा पुर्न सडकमा पुगेका हुन् ।

अस्पतालमा पुग्ने सर्वसाधारणलाई सडकमा खाल्डा परेपछि सास्ती हुने गरेको छ । अस्पताल पुग्ने बिरामी तथा बजारमा किलमेल गर्न आउजाउ गर्नेहरुलाई निकै सास्ती हुँदै आएको छ । तर शुक्रवार वडाअध्यक्ष काउछाले खाल्डा पुर्न सामाग्री सहित आफैले काम गरेका थिए । उनले वडा भित्रका भत्केका सडकहरु मर्मत गरिने बताए ।

अस्पताल नजिकै रहेको जोखिम युक्त खाल्डाहरु तत्कालको लागि भएपनि खाल्डाहरु पुर्ने काम गरेको अध्यक्ष काउछाले बताए । तर दिर्धकालिन रुपमा यसको समाधान खोजिने उनको भनाई छ । अस्पताल नजिकै रहेको नालीबाट वर्षातको भेलको पानी नगएपछि सडकबाट जाने गरेकाले जोखिम बढदै गएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D