gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा विमानस्थलको ३० प्रतिशत मात्रै काम

अनिल खत्री
९ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलको ३० प्रतिशत मात्रै काम पुरा भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका नम्बर–१० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थल निर्माण ०६३ सालबाट गुल्मीमा बिमानस्थल सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो ।

तर सुरुवाल गरेको लामो समय बित्दा पनि निर्माणकाम तिब्रगतिमा अगाडी बढन सकेको छैन् । एक दशक भन्दा पहिलेदेखि निर्माणाधीण अवस्थामा रहेको गुल्मीको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको २ वर्ष पुराहुँदा पनि निर्माणको धेरै काम बाँकी रहेको छ ।

०७५ साल जेठ २७ गते धुले उडान मार्फत परिक्षण गरिएको विमानस्थलको हालसम्म ३० प्रतिशत काम भएको हो । विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, टावर र तारजालीको काम पुरा गर्न बाँकी छ ।

ती काम पुरा गर्न करिब २१ करोडको लागतमा तिनवटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष पदम अर्यालले जाकारी दिए । सुरुवात गरिएको लामो सय भएपनि निर्माणका काम ढिलो गतिमा भएपनि निर्वाचित जनप्रनिधि आएपछि निर्माणको कामले गति लिएको अर्यालले बताए ।

विमानस्थल सम्पन्न गर्ने गरि धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन, टावर निर्माण गर्न ६ कारोड र तारजाली लगायत फिनिसिङ्गको काम गर्न डेढ करोड बजेटमा काम भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सके यस आर्थिक वर्षमा ३ वटै काम पुरा हुने अर्यालले बताए ।

विमानस्थल निर्माणको काम पुरा गर्न तिनवटै सरकारको सहयोग र चासो रहेको वडा अध्यक्ष अर्यालको भनाई छ । विमानस्थल सम्पन्न गर्न हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आबश्यक बजेटको व्यवस्था मिलाए पनि निर्माणको काम सुस्त गतिमा चलिरहेकाले समय लाग्दै आएको वडा अध्यक्ष बताइएको छ ।

शिलान्यस कर्ता ज्ञवाली नै अहिले मन्त्रीमा रहेकाले उहाँकै अर्गसरतामा यसको काम पुरा हुने अर्यालले बताए । विमानस्थलको धावनमार्ग गएको असारसम्म पुरा गरिसकिनु पर्ने थियो ।

तर बिश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण कालोपत्रेगर्ने सामाग्री लगायत बिभिन्न कारणले हुनसकेको छ्रैन् । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गर्नु भएको थियो ।

निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो । पुनः ज्ञवाली मन्त्री बनेकै बेला आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो ।

हाल विमानस्थलको अन्तिम चरणका कामहरु मध्ये धावन मार्गको कालोपत्रे, टर्मिनल भवन टावर र घेराबारको काम २०७८ साल मंसिरसम्म पुरा हुने विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । निर्माणको काम समयअनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको परियारले बताए ।

विमानस्थलको धावन मार्गको कालोपत्रे गर्ने काम आउदो बैशाखसम्म पुरा हुने र अन्य भवन निर्माण र तारजाली लगाउने काम मंसिरसम्म पुरा हुने आयोजना प्रमुख परियारको भनाई छ । विमानस्थल निर्माण कार्यसँगै परिक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पुरा हुने आशा पलाएको रेसुङ्गा विमानस्थलका पूर्व अध्यक्ष जयप्रकाश अर्यालले बताए ।

बिमानस्थलको काम ढिलो गतिमा हुँदा स्थानीयमा कहिलेबाट सुचारु होला भन्ने स्थानियमा जिज्ञासा पनि उत्तिकै रहेको छ । गुल्मीमा ०३६ सालबाट विमानस्थल सञ्चालनमा ल्याउनको लागि छलफलहरु भएपनि त्यसले मूर्त रुप पाउन सकेको थिएन ।

५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको हो ।

विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल रहेको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा सार्वजनिक छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D