Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
रेसुङ्गा विमानस्थलको नियमित उडानको प्रतिवद्धता पटक–पटक टर्दै - Gulminews

रेसुङ्गा विमानस्थलको नियमित उडानको प्रतिवद्धता पटक–पटक टर्दै

अनिल खत्री
२० जेठ, गुल्मी । निर्माण कार्य सम्पन्न हुन लागेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलको पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

हाल विमास्थलमा बिमानस्थलमा वरिपरी टेवा प्रर्खाल, धावन मार्गको कालोपत्रे, वाह्रय ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवए मार्किन लगाएतका काम सकिएको छ । २०६३ सालदेखी सुरु गरिएकोे रेसुङ्गा बिमानस्थलमा सिभिल निर्माणको काम सकिएको छ ।

निर्माणको काम सम्पन्न भएलगत्तै एकातिर रेसुङ्गा विमानस्थल नियमित उडानको पर्खाइमा छ भने अर्कोतिर १६ बर्षअघि देखि सरर बिमान चढेर यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको आशा आशामै सिमितै छ । २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब संचालनमा आउला भन्ने विश्वास स्थानीयको थियो ।

तर पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ । विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरु स्तरीय स्वास्थ्य सेवा अनेत्र जान दुखः नपाउनु नपर्ने स्थानीय मणी पाण्डेले बताए ।

उनले विमानस्थ्ल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरु धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरीक तथा बाह्य पर्यटकहरु भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।

उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैनकी भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भएपनि प्राबिधिक कामहरु पुरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।

जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडकमा त्यहि पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा यात्रामा सहजता हुने बताइन ।

रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको बिमानस्थलमा हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भईसकेको रेसुङ्गा बिमानस्थल गुल्मीका सव इन्जिनियर दिनेश परियारले बताए ।

२०६३ सालमा रेसुङ्गा बिमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको परियारले बताए ।

कारोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाई भएको आयोजनाले जनाएको छ । रेसुङ्गा बिमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि  १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ ।

प्राधिकरण विभाग र मन्त्रालयसंग सहकार्य गरेर छिटो भन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भएपनि उडान गर्ने कार्यमा ढिलाई गर्न नहुने बताए ।

यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाईका कारण उडान हुन सकेको छैन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D