gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा बिमानस्थलमा परिक्षण उडान सफल

सन्जु काउछा
जेठ २५ । गुल्मीको रेसुङ्गा विमानस्थलमा केही समयअघि तारा एअरको ट्विनओटर विमानले परिक्षण उडान भरेको छ ।

प्राबिधिक पक्षको परिक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।

बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमाढिलो गरी अवतरण गरेको हो ।

प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए । बिहीवार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानिय सहित तम्घास र आसपासका मानिसहरुको बिमान हेर्न भिड लागेको थियो ।

यस बारेमा हामी थप भिडियो, फोटो र अन्य सामाग्रीहरु अप्डेट गर्दै जानेछौँ हेर्दै गर्नुहोला गुल्मीन्युज डट कम ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D