gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रेसुङ्गा बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान कार्यशाला सकियो

अमृता गाहा
गुल्मी, १२ असार । रेसुङ्गा बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान कार्यशाला सम्पन्न भएको छ । प्राध्यापकहरूको प्राज्ञिक क्षमता विकास एवं पहाडी जिल्लाका सामुदायिक क्याम्पसहरूका समस्या पहिचान, चुनौती र अवसरका सम्बन्धमा अनुसन्धान तथा स्थानीय तहमा रहेका समस्याको नीति विश्लेषणमा अनुसन्धान क्षमता विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको अनुसन्धान इकाइका प्राध्यापक गुणानिधि शर्माले बताउनुभयो ।

असार ९ गतेदेखि ११ गतेसम्म संचालित उक्त कार्यशालाको सहजीकरण त्रिभुवन विश्वविद्यालय केन्द्रीय समाजशास्त्र विभाग कीर्तिपुरका विशेषज्ञ डाक्टर टिकाराम गौतम र बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर नारायण प्रसाद बेल्वासेले गर्नुभएको थियो । क्याम्पस संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले पहाडी जिल्लाका यस्ता सामुदायिक क्याम्पसहरूले एकातर्फ आर्थिक चुनौती बेहोरिरहेको र अर्कोतर्फ अध्ययन अनुसन्धान कार्य कमजोर बनिरहेको अवस्थामा नीति विश्लेषण गर्ने क्षमता विकास भएको खण्डमा समाजलाई पनि लाभदायक हुने कुरा बताउनु भएको थियो ।

रेसुङ्गा बहुमुखी क्याम्पस सहित गुल्मी र अर्घाखाँची जिल्लाका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संचालक उपाध्यक्ष धर्म विश्वकर्मा, क्याम्पस प्रमुख हरिबहादुर खत्री, संचालक समिति सदस्य दुर्गा पाण्डे, अनुसन्धान इकाई संयोजक उप प्राध्यापक रमाकान्त पौडेलले समेत आफ्नो धारणा राख्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D