रेसुङ्गा बन संरक्षण क्षेत्र व्यवस्थापन गर्न अन्तरक्रिया

सन्तोष महतारा
गुल्मी, ०१ असाेज । रेसुङ्गा बन संरक्षण क्षेत्रकाे व्यवस्थापन गर्नका लागि तयार गरिएको कार्ययाेजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बन तथा भू -संरक्षण विभाग काठमाडौकाे आयोजना र डिभिजन बन कार्यालय गुल्मीकाे समन्वयमा शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा अन्तरक्रिया गरिएको हो । वि.सं. २०७८/०७९ देखि २०८२/०८३ सम्म बन क्षेत्र संरक्षण गर्न तयार गरिएको मस्याैदा प्रतिवेदनकाे सम्बन्धमा बन प्राविधिक तथा परामर्शदाता हरि मण्डलले जानकारी गराएका थिए । रेसुङ्गा नगरपालिकासहित मुसिकाेट नगरपालिका, इस्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिका समेतका वडाहरु समेटिएको रेसुङ्गा बन क्षेत्र राष्ट्रकाे सम्पत्ति भएको भन्दै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए ।

रेसुङ्गा क्षेत्रमा लाेपन्मुख जनावर, चराचुरुङ्गी र बाेटबिरुवा पाइनुका साथै धार्मिक रुपमा पनि प्रसिद्ध भएकोले जुनसुकै अवस्थामा पनि रेसुङ्गा क्षेत्रकाे संरक्षण गर्नुमा आफू लाग्ने समेत बताए । कार्ययोजनाकाे सम्बन्धमा छलफल मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा उनले जाेड दिए । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकाेटाले बन कार्यालय मार्फत निरन्तर रेसुङ्गा र मदाने लगायतका संरक्षित बनमा बजेट बिनियाेजन गरेर कार्यक्रम अगाडि बढाइएको बताएका थिए ।

कार्ययाेजनाकाे सम्बन्धमा जानकारी दिएपछि रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गाेपाचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू , सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशाेक लम्साल, डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकाेटा, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाल, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, रेसुङ्गा संरक्षण क्षेत्र समेटिएका स्थानीय तहका वडाहरुका वडाध्यक्षहरु बिच छलफल भएको थियो ।

कार्यक्रममा उपस्थिति जनाएका सबैले सकारात्मक तरिकाबाट उपभोक्तालाई हानि नाेक्सानी नहुने गरी रेसुङ्गा क्षेत्रकाे संरक्षण गर्न आवश्यक रहेको सुझाव दिएका थिए । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकाेटा अध्यक्षतामा संचालित कार्यक्रममा सहायक बन अधिकृत मञ्जु शर्माकाे स्वागत मनतब्य रहेको थियो । कार्यक्रमकाे संचालन सहायक बन अधिकृत पंकज ठाकुरले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ