gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा नपामा कांग्रेस भर्सेस नेकपा विवाद उत्कर्षमा: ताला खोल्दै लगाउँदै, कर्मचारीले पनि काम ठप्प पारे

हुमाकान्त पोखरेल
१८ भदौ । रेसुङ्गा नगरपालिकामा प्रध्यानाध्यापकको विषयमा राजनीतिक विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरुले बुधबार नगरपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेपछि काङ्ग्रेस र कम्युनिष्ट जनप्रतिनिधि बिच राजनीतिक विवाद चुलिएको हो । रेसुङ्गा नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नती सम्बन्धी परिक्षामा केन्द्राध्यक्षको विषयमा कांग्रेस निकट जनप्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका थिए ।

यो पनि पढ्नुस्: गुल्मीमा पत्रकार माथी दुर्ब्यवहार, महासंघद्वारा भर्त्सना

तालाबन्दी गरी बुधबार नै पत्रकार सम्मेलन गरी काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाका निर्णयहरु गुपचाप राखिएको, नगरपालिका विधि र प्रणालीभन्दा बाहिर रही काम गरेको तथा महेन्द्र नमुना माविमा विद्यालय व्यवस्थापन समितिको निर्णय माथि नगरपालिकाले हस्तक्षेप गरेको आरोप लगाएका थिए । बिहिबार नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गर्दै ताला लगाउने कार्यको विरोध गरेका हुन् । कुनै पनि समस्याको समाधान वार्ताको माध्यमबाट हुने भन्दै मेयर समेत नभएको बेला ताला लगाउनु अनैतिक कार्य भएको वडा नम्बर १० का अध्यक्ष पदमा प्रसाद अर्यालले आरोप लगाए ।

कसरी सुरु भयो घटना ?
महेन्द्र नमुना माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्तिको विषयले अहिले रेसुङ्गा नगरपालिकामा नै तालाबन्दी गरिएको छ । गत साउन ९ गते बाहालवाला प्रध्यानाध्यापक केशर बहादुर थापा बिदामा भएको बेला विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक युवराज ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउने निर्णय ग¥र्यो । व्यवस्थापन समितिकै निर्णयको विरुद्धमा व्यवस्थापन समिति सदस्यद्धारा नगरपालिकामा उजुरी दर्ता भयो ।

त्यसपछि नगरपालिकाले प्रध्यानाध्यापकमा थापालाई नै पुर्नवाहली गराउने निर्णय ग¥र्यो । अनि सोहि विद्यालयमा हुन गईरहेको कक्षा १२ को ग्रेड बृद्धि परिक्षामा थापा नै केन्द्राध्यक्ष तोकिए । काङ्ग्रेस निकट जनप्रतिनिधिहरुले ज्ञवालीलाई केन्द्राध्यक्ष तोकिने गरी प्रमुख प्रशासकिय अधिकृतलाई पत्र लेखिदिन भनेपनि प्रमुख प्रशासकिय अधिकृतले त्यो अधिकार आफुलाई नभएको भन्दै पत्र लेख्न मानेनन् । जसका कारण रेसुङ्गा नगरपालिकामा तालाबन्दी गरिएको हो ।

किन खारेज ग¥र्यो निर्णय
नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ ।

महेन्द्र नमुना माविमा शिक्षक प्रतिनिधिसहित कुल ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति छ । कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ । उक्त निर्णयमा प्रअ हुने व्यक्तिले गरेको हस्ताक्षर मान्य हुँदैन । तर ९ गतेको बैठकमा विद्यालयका प्रध्यानाध्यापक थापा विदामा थिए । शिक्षक प्रतिनिधिको रुपमा ज्ञवालीले नै हस्ताक्षर गरे र अध्यक्षसहित पाँच जनाको बहुमत बनाई ज्ञवाली प्रध्यानाध्यापक बने । अर्का प्रध्यानाध्यापक विदामा भएकोले उनले पनि राजिनामा दिएका थिएनन् ।

त्यसकारण महेन्द्र नमुना माविमा केहि समयसम्म थापा र ज्ञवाली गरी दुईजना नै प्र.अ. रहे । ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउदा समितिमा उपस्थित अन्य तीन जना सदस्यले बैठक नै बहिस्कार गरेका थिए । पछि व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थी, सदस्य अखिलेश्वर प्रसाद पाण्डे, घनश्याम पाण्डे र पार्वती गौतमले हस्ताक्षर गरी ज्ञवालीलाई प्र.अ. बनाएका थिए । यसरी नियमबिपरित विद्यालयमा व्यवस्थापन समितिले प्रध्यानाध्यापक नियुक्त गरेको भन्दै उजुरी परेपछि नगरपालिकाले सो निर्णय खारेज गरेको नगरपालिका प्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।

ताला खोल्दै लगाउदै
नगरपालिकामा बुधबार काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष र कार्यपालिका सदस्यले नगरप्रमुख भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा तालाबन्दी ग¥र्यो । बिहिबार नेपाल कम्युनिष्ट पार्टीले ताला खोल्न जिल्लास्थित प्रशासनमाथि दबाव दियो । जसस्वरुप प्रहरीले दिउँसो काङ्ग्रेसको अवरोधका विच ताला खोल्यो । त्यसक्रममा केहि प्रतिनिधि र प्रहरीबिच सामान्य झडपसमेत भयो । त्यसपछि काङ्ग्रेस निकट जनप्रतिनिधिहरुले पुनः ताला लगाए ।

‘समाधान खोज्न ताला लगाएका हौँ, बल प्रयोग गरेर खोल्न होइन ।’ रेनपा १३ का वडाध्यक्ष खुम बहादुर खत्रीले भने, ‘शक्तिको आडमा राजनीति गर्दा दुर्घटना हुन्छ ।’ त्यसका साथै उनले घटना विद्यालयको मात्र नभई समग्र नगरपालिकाकै भएको समेत उल्लेख गरे । ‘नगरपालिकामा एकलौटी ढङ्गबाट काम हुदैँ आएकोप्रति हाम्रो विरोध हो, हामि विकास विरोधि होइनौ ।’ उनले भने, ‘छलफलमा बोलाए जान तयार छौ ।’ खत्रीले समस्याको समाधानका लागि प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

नगरपालिकाका काम ठप्प
बुधबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि बिहिबारबाट कर्मचारीहरुले काम ठप्प पारेका छन् । कर्मचारीहरु माथि कार्यकक्षमै अभद्र व्यवहार भएको भन्दै ताला नखुलेञ्जलसम्म सबै विषयगत शाखा तथा वडाका कार्यहरु ठप्प पार्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत मरासिनीले जानकारी दिए ।

अभिभावक र विद्यार्थीमा निराशा
महेन्द्र नमुना माध्यमिक विद्यालयबाट सुरु भएको यो घटनाले अभिभावक र विद्यार्थीमा निराशा छाएको छ । कक्षा १० का विद्यार्थी शैलेन्द्र पन्थीले केहि व्यक्तिहरुले विद्यालयमा अनावश्यक राजनीति गरी आफुहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । ‘नमुना विद्यालयमा पढ्दा गर्भ लाग्थ्यो ।’ उनले भने, ‘तर अहिले त्यो स्तर घटेको महशुस भएको छ ।’ उनले यो घटनादेखि शिक्षकहरु पहिलेजस्तै सक्रियताका साथ पढाउन समेत छोडेको उनले बताए । अभिभावक पार्वती पन्थीले पनि समाज चलाउने जिम्मेवार निकायमा बसेकाहरुले शैक्षिक सँस्थाको विषयलाई लिएर यस्तो हर्कत देखाउनु गलत भएको बताइन् । व्यवस्थाप समिति, ताला लगाउने जनप्रतिनिधि वा नगरपालिका सबैले आ–आफ्नो ठाउँबाट ताला खोल्न पहल गर्नुपर्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D