रेसुङ्गा नगर वार्ड नं १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ

अनिल खत्री
२० माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१ मा तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । वडा वासीलाई वडा स्तरमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले सेवा बिस्तार गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालले बताए ।

तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरेका हुन् । नगर प्रमुख भुसाल सहित अन्य सेवा ग्रहीको ब्लडप्रेसर नाप जाँच गरेर सेवा शुभारम्भ गरिएको हो ।

स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले सानो सानो सेवा लिन पनि अस्पतालमा गएर घण्टौं कुर्नुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापन गरेको बताए । उनले नागरिकलाई घरदैलोमै सेवा दिन अधिकत्तम प्रयास नगरपालिकाले गरेको उल्लेख गरे ।

सामान्य बिरामी पर्दा अस्पतालमा जाँच गर्ने बृद्ध तथा जेष्ट नागरिकलाई सहज हुने स्वास्थ्य शाखा संयोजक अर्यालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ