gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रेसुङ्गा नगर भित्र ‘नो पाकिङ्ग’, दिउसोको समयमा सवारी लोड अनलोड गर्न नपाइने

अनिल खत्री
गुल्मी पुस १३ । बजार क्षेत्रमा अस्तव्यस्त ट्राफिक व्यवस्था भएपछी गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रको बजार क्षेत्रको लागी नयाँ निर्णय गरेको छ । बिहिवार नगरपालिकामा बसेको जिल्ला स्थित बिभिन्न सरोकारवाला पक्षसँगको छलफलले नगरपालिकाले बजार क्षेत्र भित्र भएको अबस्त व्यस्त ट्राफिक व्यवस्थालाई मध्य नजर राखेर बजारको हुलाक कार्यालयबाट उदिनढुङ्गा सम्म सवारी साधन पाकिङ्गमा रोक लगाएको छ ।
त्यस्तै मिलनचोकबाट पुरानो बसपार्क क्षेत्रभित्र कुनै पनि मोटरसाइकल, जिप, ट्रक लगायतका सवारी साधन पाकिङ्ग गर्न नपाईने निर्णय गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए । नगरको बजार क्षेत्र भित्र मोटरसाइकलको लागी बिभिन्न छुट्टै स्थानमा पाकिङ्गको व्यवस्था गर्ने भएको छ ।

बजारको हुलाक कार्यालयबाट उदिनढुङ्गा सम्म र मिलनचोकबाट पुरानो बसपार्क क्षेत्रभित्र कुनै पनि मोटरसाइकल, जिप, ट्रक लगायतका सवारी साधन पाकिङ्ग गर्न नपाईने। नगरको बजार क्षेत्र भित्र मोटरसाइकलको लागी बिभिन्न छुट्टै स्थानमा पाकिङ्गको व्यवस्था गरिने।

नगरभित्र बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म माल सामान अनलोड तथा लोक गर्न नपाई निर्णय गरेको छ । उक्त समयमा ठुला सवारी साधनबाट लोडअनलोड गर्न पाउने छैनन् । उक्त समय बाहेक मध्यनन १२ बजे देखि २ बजे सम्ममा साना सवारी साधान जिपले लोक गर्न पाउने छन् । त्यस्तै जिल्लाको मुख्य प्रशासनिक क्षेत्र नजिकै रहेको सार्बजनिक शौचालय सञ्चालनमा ल्याउन भएको छ ।

नगरको चिदीचौर खेल मैदान नजिकै सड्क छेउछाउमा पानी पुरी,मम लगायत बिभिन्न सामाग्रीहरु बिक्री गर्ने तथा सड्कलाई अबरोध गर्ने गरेकाले उक्त स्थानबाट हटाउने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी । उनले उक्त स्थानमा रहेका फुटपात पसल मध्ये फलफुहरु र बदामलाई सरसफाई मा ख्याल राख्दै सड्कको अबरोध नगर्ने गरी बिक्री गर्न दिने निर्णय गरेको छ ।

नगरको बजार क्षेत्र भित्र सड्क छेउछाउमा सामानहरु राखेर पदैल हिडडुल गर्न समेत अबरोध भएपछी नगरपालिकाले बजार क्षेत्रमा नयाँ नियमहरु लागु गर्न बाध्य भएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । बजार क्षेत्रमा गाउँगाउँबाट किनमेल गर्न आउनेहरुले बजार क्षेत्रमा हिडन समेत नपाएको गुनासो आयो प्रमुख भुसालले भने ‘अब यस बजार क्षेत्रलाई सुन्दर सफा नगर बनाउन र अबस्त व्यस्त ट्राफिक व्यवस्था नयाँ निमय बनायौं ।’ बजारमा जनगुनासो वढ्दै आयो उनले भने ‘पहिलो चरणमा हामिले सुचना जारी गर्दै अनुरोध गर्दछौ दोस्रो चरणमा अटेर गरे कारवाही गछौं ।’
नगर प्रमुख भुसाले नगरभित्र बस्ने सबै आम जनसमुदायले सहयोग गरेर सुन्दरसफा स्वच्छ नगर बनाउने अभियान जुटन आग्रह गरे । जिल्लाकै सदरमुकाम रहेको नगरपालिमा अति सानो सड्क हुँदा बजार क्षेत्रभित्र दिउसोको समयमा दैनिक हिडडुल गर्न समेत कठिनाई बढदै जान थालेको छ । सदरमुकाम तम्घास भित्रिने र बाहिरिने बेला बजार क्षेत्रमा निकै भिडभाड हुने गर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D