gulminews logo
बुधबार, २०८१ बैशाख १२

रेसुङ्गा नगरमा २ वटा वडा कार्यालयको बन्यो आफ्नै भवन

अनिल खत्री
१४ चैत, गुल्मी । भाडाको घरबाट कार्यालयको सेवा प्रदान गर्दै आएका वडा कार्यालयले आफनै प्रशासकीय भवनबाट सेवा दिन थालेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–५ र ६ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेका हुन् ।

दुई वटै वडामा नवनिर्मित प्रशासकीय भवनको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै नगरप्रमुख भुसालले संघीए संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले भाडामा रहेका वडा कार्यालयहरुको भवन निर्माण गरिएको बताए ।

वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो । अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सहज हुने भुसालले बताए ।

जनप्रतिनिधी निर्वाचित भएर आईसकेपछि विकासमा गति देखिएको बताए । यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष गनबहादुर गुरुङ्गले बताए ।

वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा सहयोग पु¥याउने वडाका बासिन्दा र वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गर्नेप्रति रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले धन्यवाद दिए । वडा कार्यालयको प्रशासकीय भवन निर्माणसँगै एउटा विकासले अर्को विकासको माग गर्ने भएकाले त्यस तर्फ नगरपालिकाको ध्यान जाने बताए ।

वडा कार्यालयको प्रशसासकीय भवन उद्घाटन कार्याक्रममा दुई वटै वडाको भवन निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता, भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । नगरपालिकाको वडानम्बर–५ मा निर्मित भवन जनसहभागिता सहति ८५ लाखखको लागतमा सम्पन्न भएको थियो ।

नव निर्मित दुइवटै भवन साइक कन्ट्रकन्स प्रालिले निर्माण गरेको हो । वडानम्बर–६ को वडाकार्यालयको भवन ५८ लाखको लागतमा सम्पन्न भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

नगरका १४ वटा वडामध्ये २ वटा वडा कार्यालयको मात्रै आफनै भवन छैनन् । वडानम्बर–१ र ८ नम्बर वडा कार्यालयको भवन छैनन् । यी कार्यालयहरु भाडाको भवनबाट सञ्चालित छन् ।

नव निर्मित भवन उद्घाटन कार्यक्रममा नगरपालिका उपप्रमुख सिता भण्डारी, वडानम्बर–१ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, वडानम्बर–५ का वडाअध्यक्ष हिरप्रसाद शर्मा खनाल, वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्याल शुभकामना दिएका थिए ।

वडाको सेवा सहज बनाउनका लागि सुबिधासम्पन्न भवन निर्माण भएसँगै आम नागरिक सहज रूपमा सेवा पाउने अपेक्षा गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D