gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुङ्गा नगरमा गौरवको आयोजना खानेपानीको निर्माण सुरु

अनिल खत्री
१९ मंसिर, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने उदेश्यले गौरवको आयोजना अन्र्तगत खानेपानी निर्माणको लागि शिलान्यास गरिएको छ । तम्घास बजारमा भइरहेको खानेपानीको समस्या हल गर्न जिल्लाको रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना ‘रेसुङ्गा भाडगाँउ, मझेङ खोला’ खानेपानी आयोजना निर्माणका लागि शिलान्यास गरिएको गरिएको हो ।

जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाँउ, मझेङ खोला खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । खानेपानीको निर्माणको लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास गरेका गरेका हुन् ।

गौरवको रुपमा सञ्चालन भएको आयोजनाको समयमै काम सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल आग्रह समेत गर्नुभयो । आफनै कार्याकालमा नगरवासीलाई खानेपानी पुराउने आफनो सपना पुरा हुने नगरप्रमुख भुसालले बताउनु भयो ।

संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति, तथा त्यस खानेपानी आयोजना निर्माणको जिम्मा लिएको कन्काई जयमाता जेभी प्रालिले निर्माणको जिम्मा लिएको छ । खानेपानी निर्माणको लागि २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको गरिएको छ ।

यो खानेपानी संचालनमा आएपछि कम्तिमा २० वर्षसम्म नगरपालिकामा पानीको अभाव नहुनेगरि निर्माण गनै लागिएको संघीएखानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीका इन्जिनियर बिजय खरेर बताए । यो योजना सम्पन्न भएपछि नगरपालिकाको १४ वटै वडाहरुमा गुणस्तरिय शुद्ध खानेपानी घरघरमा पुर्याउने अक्ष्य नगरपालिकाले लिएको छ ।
यस खानेपानी आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । रेसुङ्गा नगरपालिकामा पछिल्लो केहि वर्ष यता तम्घास वासीले खानेपानीको समस्या झेल्दै आएका थिए ।

खानेपानीको समस्या भएपछि तम्घासमै जमिन मुनिबाट बोरिङ्ग गरेर खानेपानी निकालिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D