gulminews logo
बिहीबार, २०८० चैत्र १५

रेसुङ्गा नगरमा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मान

अनिल खत्री
१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलई नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका विच सम्मान गरीएको हो । सम्मान गर्दै नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कतिपनि कमी नराखेको बताए ।

कोरोना महामारीमा दुख गरेका कारणले अरु केहि गर्न नसकेपनि सम्मान भएपनि गरिएको भुसालले बताए । कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधी र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले कोरोना महामारीमा राम्रोसँग काम गर्न सफल भएको बताए ।

उनले सम्मान प्राप्त गर्ने सम्पुणलाई बधाई साथै यसरी सम्मान गर्न पाउँदा धरै खुसि लागेको बताए । कोरोना महामारीमा पदीय मर्यारा जिम्मेवारी सफलताका साथ पुरा गरेकाले नगरपालिकालेसम्मान गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएको मरासिनले बताए । कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको मरासिनीले बताए ।

नगरभित्रका १४ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । नगरपालिका भित्र स्वास्थ्य संस्थामा आबश्यक दरवन्दी पूर्ति गरेको मरासिनीको भनाई छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले कोभिडको महामारीका बिचमा स्वास्थ्य सेवामा दिनरात खटिने स्वास्थ्यकर्मी लगाएत कर्मचारीहरुलाई धन्यवाद दिए । उनले आज यसरी सामुहिक प्रयासबाट कोरोना संक्रमणदर घटाउन सफल भएको अर्यालले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका भित्र हालसम्म ९९३ जना कोरोना संक्रमित भएको अर्यालले बताए । नगर भित्र ११ हजारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएका छन् ।

कोरोना बिरुद्धको दोस्रो चरणको खोप १० हजार बढिले लगाउन सफल भएको अर्यालले बताए । नगर क्षेत्र भित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशतले कोरोना बिरुद्धको खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।

कोरोना महामारी पहिलो र दोस्रो लहरमा खटिएका कर्मचारीको मनोवल उच्च बनाउने उदेश्यले नगरपालिकाले कर्मचारीलाई सम्मान गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D