रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने

हुमाकान्त पोखरेल
गुल्मी, २६ जेठ । गुल्मीको रेसङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रवक्ता रामजी पन्थीले कार्यपालिका बैठकको निर्णयहरु सार्वजनिक गर्दै नगरभित्रका नागरिकको लागि आँखाको शल्यक्रिया निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यसका लागि जिल्ला आँखा उपचार केन्द्रसँग समन्वय गरि बार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा खर्च नगरपालिकाले भुक्तान गर्ने पन्थीले बताउनुभयो ।

कार्यपालिका बैठकले जिल्ला अस्पतालसँगको समन्वयमा डायलोसिस गर्नको लागि उपकरण खरिद गर्ने पनि निर्णय गरेको छ । त्यस्तै पशुपालक कृषकहरुलाई लक्षित गर्दै सबै पशुहरुको निःशुल्क कृतिम गर्भाधान गर्ने निर्णय गरेको छ । बैठकले जन्म र मृत्युको प्रमाण–पत्र घरमै दिने पनि निर्णय गरेको प्रवक्ता पन्थीले बताउनुभयो । जन्म र मृत्युको प्रमाण–पत्र दिने कार्य बिहीबार नै सुरु हुने र अन्य निर्णयहरु कम्तिमा श्रावण १ गतेबाट सुरु गर्नेगरी तयारी गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ‘मेरो सरकार मेरो साथमा छ ।’ भन्ने उदेश्यले घर–घरमै सेवादेखि आँखाको निःशुल्क उपचारसम्मका निर्णय गरेको बताउनुभयो । ‘हामीसँग सिमित स्रोत र साधन एवम् असिमिति नागरिकका चाहाना छन् ।’ उहाँले भन्नुभयो, ‘यस कार्यकाललाई हामी अवसरको रुपमा उपयोग गर्न चाहान्छौ ।’ प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आगामी पाँच बर्षमा रेसुगां चक्रपथ पुरा गर्ने, प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक पिच गर्ने लगायतका योजना रहेको जानकारी गराउनुभएको थियो । कार्यपालिका बैठकले विभिन्न समितिहरु पनि गठन गरेको छ ।

मेयर खिलध्वन पन्थीको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति, वडा नम्बर १० का वडाध्यक्ष राम बहादुर बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति, उप–मेयर अमृता देवी कुँवरको संयोजकत्वमा नीति तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ । प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष राम्जी पन्थीको अध्यक्षतामा पूर्वाधार विकास समिति, वडा नम्बर ६ का वडाध्यक्ष गन बहादुर गुरुङको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको छ । वडा नम्बर १२ का अध्यक्ष हुम बहादुर थापाको संयोजकत्वमा मानव शंसाधन तथा शु–शासन समिति र उप–मेयर अमृता देवी कुँवरको संयोजकत्वमा राजस्व परामर्श समिति र अनुगमन र मूल्यांकन समिति गठन गरेको प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ