gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा नगरपालिकामा प्रदेशब्यापी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अजय खड्का

चैत, ११ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रदेशब्यापी अन्तरक्रिया कार्यक्रम बालमन्दीरमा सम्पन्न भएको छ ।

लुम्बिनि प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला महाशाखाको आयोजनामा स्थानिय तहको सभा संचालन र स्थानिय तहको कानुन निर्माण प्रकृया बिषयमा प्रदेशव्यापी अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानिय तहको सभा संचालन र कानुन निर्माण प्रकृया बिषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजेन्द्र थापाले सहजिकरण गर्नुभएको थियो ।

प्रदेश शभाको निवाचन नहुदै स्थानिय तहले काम चलाउनको लागि संघिय मामिला मन्त्रालयले बनाएको नमुना कार्यविधिको आधारमा स्थानिय तहले अहिले सम्म पनि त्यहि नमुना कार्यविधि बनाएर सभा संचालन गर्दै आएकोले अहिले संविधानले तोकेको दायित्व अन्तरगत प्रदेश सरकारले कानुुन बनाइसकेको प्रदेशले बनाएको कानुन आधिकारीक हुन्छ र सोहि अनुसार नगर तथा गाउँ सभाहरु संचालन गर्नुपर्ने हुन्छ भन्ने कुरा सिकाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको सचिव राजेन्द्र थापाले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकामा सभा संचालन र कानुन निर्माण विधीअनुसार नै गर्ने गरेको र सभा संचालनमा भने विधि अनुसार केहि फरक परेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो ।

कार्यक्रमा बोल्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफ्नो कार्यकालमा बनेका कुनै पनि विधान आफ्नो कार्यकाल रहुन्जेल परिर्वतन नहुने भन्दै अब बनाउने विधानमा प्रदेशको कानुनको अनुुसार बनाउनुपर्ने बताउनुभयो ।

आफ्नो कार्यकाल करिब १ वर्ष बाकि हुने बेलामा भन्दा पहिले नै यस विषयमा अन्तरक्रिया कार्यक्रम भएको भए अझ प्रभावकारी हुने भन्दै ढिलै भएपनि सभा संचालन र कानुन निर्माणको विषयमा जानाकारी गराएकोले नगरपालिकाकी उप मेयर सिता भण्डारी आयोजकलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजेन्द्र थापाले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाकी उप मेयर सिता भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनि, रेसुङ्गा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष,कार्यपालिकाका सम्पुर्ण सदस्य, वडा सदस्य नगरपालिकाका कर्मचारी,पत्रकार लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन कानुन अधिकृत सुष्मिता पाण्डेयले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D