gulminews logo
शनिबार, २०८१ बैशाख ८

रेसुङ्गा नगरपालिकाद्वारा विद्यालयहरुलाइ कोभिड लक्षित सामग्री बितरण

पुर्ण बिश्वकर्मा
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाइ कोभिड लक्षित सामग्री बितरण गरेको छ। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले शिक्षक तथा विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गर्दै सो सामग्री बितरण गरेको हो।

कोभिड-१९ को कारण पछिल्लो समय शिक्षक,विद्यार्थी लगायत अन्य ब्यक्तिहरुमा पनि संक्रमण बढ्दै गइरहेकोले उक्त सामग्री बितरण गर्नु नगरपालिकाको दायित्व रहेको नगर प्रमुख भुसालले बताउनु भयो। त्यस्तै नगरपालिकाले कोभिड -१९ न्युनिकरणका निम्ति थप कार्यक्रम अगाडि सारेको र उक्त कार्यक्रम सफल हुने उहाले बताउनु भयो।

सामुदायिक विद्यालयहरुलाइ १ वटा थर्मल गन,विद्यार्थी- शिक्षकको आवस्यकता हेरी ५.५ देखि १०.५ लि. सम्म सेनिटाइज , सर्जिकल तथा कपडाको मास्क लगायतका सामाग्री बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभयो साथै एउटा विद्यालयलाई अधिकतम ३५ हजार मूल्य पर्ने सामाग्री बितरण गरिएको उल्लेख गर्दै अर्यालले कोभिड – महामारीबाट जोगिन समेत आग्रह गर्नुभयो।

कोभिड सामाग्री ग्रहण गर्दै महेन्द्र मा.वि. तम्घासका प्राचार्य युबराज ज्ञवालीले विद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाइ महत्त्व दिदै सामाग्री हस्तान्तरण गरेकोमा धन्यबाद प्रकट गर्नुभयो। साथै आगामी दिनमा थप यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D