gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपाली कांग्रेस रेसुङ्गा नगरको सभापतिमा हरि श्रेष्ठको उमेदवारी

सन्तोष महतारा
गुल्मी, १७ असोज । निर्माण ब्यवसायी हरि कुमार श्रेष्ठले नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर उनले आफू नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाको नगर सभापतिमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

विगत लामो समय देखि नेपाली काँग्रेसको राजनितीमा क्रियाशील रहेका श्रेष्ठ नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष समेत हुन् । उनी नेपाल विद्यार्थी संघमा पनि क्रियाशील उत्तिकै क्रियाशिल रहेका थिए । श्रेष्ठले आफु नेपाल पत्रकार महासंघ गुल्मीको संस्थापक अध्यक्षको रुपमा रहेर पत्रकारको हकहितका लागि काम गरेको, पत्रकार महासंघको भवन निर्माण गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको, विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर संस्थालाई माथि उठाउने काम गरेको, गुल्मीका सबै गाउँगाउँमा टोल सुधार समिति गठन गर्दा आफू खटिएर काम गरेको, सदरमुकाम तम्घासमा फोहोर व्यवस्थापनमा सक्रिय रहेर काम गरेको, निर्माण व्यवसायी संघको महासचिवको रुपमा काम गरिरहेको पत्रकार सम्मेलनमा उनले जानकारी गराएका छन् ।

आफू नेतृत्वमा रहेर काम गरेका दर्जनौं संघ संस्थाहरु अहिले राम्रोसँग अगाडि बढेकोले आफू नेतृत्व गर्न सक्षम भएको भन्दै नगरपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई आउँदो १९ गतेको पालिका अधिवेशनमा बहुमतका साथ जिताउन आग्रह गरेका छन् । आफू राजनितीमा कुनै आर्थिक लोभ र लालचले नभई सहयोगी भावनाले आउन चाहेको बताउँदै हरि कुमार श्रेष्ठले आफू सभापतिको बलियो दाबेदार भएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

निर्माण व्यवसायीको रुपमा काम गरिरहेका श्रेष्ठले आफ्नो व्यवसाय प्रक्रियागत रुपमा निरन्तर चलिरहने भएकोले आफु राजनितिमा सक्रिय हुन चाहेको बताएका हुन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाको वर्तमान सचिव समेत रहेका श्रेष्ठ अहिले आफू स्वाभबिक तरिकाले सभापतिको उमेदवार बन्नैपर्ने बताएका छन् ।

नगरपालिकामा काँग्रेसको नेतृत्व छनोटमा सर्वसम्मत रुपमा मिलेर अगाडी बढ्न चाहेको बताउने श्रेष्ठले यो पटक आफुलाई सभापति बनाउन नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले पनि सहयोग गर्नुपर्ने बताउँछन् । नगरसभापतिमा श्रेष्ठका अलावा जयश्वर पन्थी र गगन केसी पनि उमेदवार भएको बताउँदै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D