गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका खीलध्वज पन्थी र उपमेयरमा नेपाली कांग्रेसकै अमृता कुँवर बिजयी भएका छन् ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापती समेत रहेका पन्थीले आफ्ना निकटतमा प्रतिद्वन्दी एमालेका राजेन्द्र प्रसाद पाण्डेलाई १ हजार ३ सय ५२ को फराकिलो मतान्तर सहित पराजित गरेका थिए ।
नगर उपप्रमुखमा नेपाली कांग्रेसकी कुँवरले एमालेकी राधा पाण्डेमाथी जित हात पारेकी हुन् ।
यद्यपी निर्वाचन कार्यालयद्वारा अधिकारिक घोषणा हुने भने बाँकी छ ।
यस सम्बन्धी थप अप्डेट केहीबेरमा ।