रेसुङ्गा नगरका महिलालाई निशुल्क बाख्रा प्रदान

अनिल खत्री
१० फागुन गुल्मी । महिलाहरुको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले रेसुङ्गा नगरपालिकामा महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ मा रहेका आर्थिक अबस्था न्यून रहेका महिलाहरुको समुहलाई बाख्रा बितरण गरिएको हो ।

महिलाहरुको आय आर्जनमा टेवा पुराउने मुख्य उदेश्यले महिलाहरुलाई बाख्रा बितरण गरिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिए । वडा अध्यक्ष पाण्डेयले एक कार्यक्रमका बिच संयुक्त रुपमा महिलाहरुलाई बाख्रा बितरण गरेका छन् । नगरपालिकाको वडाको बिनियोजित खर्चबाट रु १ लाख रकमबाट मौरिका डाँडा बाख्रा पालन महिला समुहका २० जना महिलालाई बाख्रा बितरण गरिएको छ ।
प्रति एक महिलाई एउटा बाख्रा ८० प्रतिशत रकम र स्वयम महिलाको २० प्रतिशत रकमबाट बाख्रा पाएका हुन् । नजिकै प्रसस्त जंगल रहेकाले बाख्राको निम्ती पनि चरण क्षेत्र रहेकाले महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले बाख्रा दिएको अध्यक्ष पाण्डेयले बताए ।
वडाबाट बाख्रा पाएसँगै महिलाहरुले यसैबाट नमुना बाख्रा पालन सम्म बनाउने उदेश्य लिएका बताएका छन् । वडाबाट हाल एउटा बाख्रा प्राप्त भएको छ रुपा चुदाराले भनिन् ‘हामीले यसैबाट धेरै बाख्रा बनाएर यसैलाई निरन्तरता दिनेछौं ।’
यो बाख्रा पालनलाई नमूना बनाउने महिलाहरुले बताएका थिए । चुदारा जस्तै सबै महिलाहरुले यसलाई राम्रोसँग पालन पोषन गरेर मनग्य कमाई गर्ने अठोट लिएको बताएका थिए ।
सानो सुरुवातबाटै भएपनि महलिाहरुको आर्थिक जिवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण भुमिका रहने वडा सदस्य उमा चुदाराले बताइन् । एउटा बाख्राबाट धेरै बाख्रा बनाएर यसलाई आम्दानीको दरिलो माध्यम बनाउने अठोट लिएर काम गर्ने महिलाहरुले अठोट लिएको वडा सदस्य चुदाराले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D