हुमाकान्त पोखरेल
गुल्मी, २२ जेठ । गुल्मी, रेसुङ्गा नगरपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसका सदस्यहरु सर्वसम्मत निर्वाचित हुने भएका छन् । नेपाली काँग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवारहरु सर्वसम्मत निर्वाचित हुने भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार यम बहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभा नेपाली, मनिसा खत्री र सावित्रा श्रेष्ट थापाको मात्रै उम्मेदवारी परेको छ ।
सदस्य मध्ये सीता विश्वकर्मा माओवादी केन्द्र र बालकृष्ण बराल एकीकृत समाजवादीबाट प्रतिनित्व गर्नेछन् । निर्वाचनमा काँग्रेसलाई सघाएको आधारमा दलहरुको बीचमा काँग्रेस कोटाबाटै माओवादी र समाजवादीका सदस्य कार्यपालिकामा लैजाने सहमति भएको थियो । यो सँगै रेसुङ्गा नगरपालिकाको नगरसभा र नगरकार्यपालिकामा काँग्रेसको स्पष्ट बहुमत भएको छ ।