gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुङा नगरका ४ महत्त्वपूर्ण निर्णय: नि:शुल्क मृगौला डाइलोसिसदेखि आँखाको शल्यक्रिया

टोपलाल अर्याल
गुल्मी, २५ जेठ । रेसुङा नगरपालिकाले गुल्मी अस्पतालमा मृगौला पीडित बिरामीको निशुल्क डाइलोसिसी गर्न डाइलोसिस मेसिन खरिद गर्ने निर्णय गरेको छ । बिपन्न र मृगौला पीडितको सहजताको लागि डाइलोसिस मेसिन खरिद गर्ने निर्णय गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

नगरपालिकाले मेसिन खरिद गर्ने र गुल्मी अस्पतालले जनशक्तिको व्यवस्थापन गर्ने गरेर समन्वय तथा तालीम दिने काम अगाडी बढाउने पन्थीले बताए । त्यस्तै नगर भित्रका नागरिकको आँखाको सल्यक्रिया निशुल्क गर्ने निर्णय पनि गरेको छ । नेपाल नेत्र ज्योति सघ आँखा उपचार केन्द्र गुल्मीसंगको समन्वयमा बर्षभर आँखाको शल्यक्रिया गर्नेहरुको एकमुष्ट रकम नगरले दिने पन्थीले बताए ।

त्यस्तै रेसुङा नगरपालिकाका सबै पशुको एआइए र जन्म र मृत्युको प्रमाणपत्र घर-घरमा पुगेर बितरण गरिने नगरपालिकाका प्रवत्ता रामजी पन्थीले बताए । उनले नगरको पहिलो कार्यपालिका बैठकले बिषयगत समिति समेत गठन गरेको जानकारी दिए। रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले समृद्ध रेसुङा निर्माणको लागी रेसुङा सर्किट निर्माण गरेर पर्यटन प्रवर्दन गर्ने, स्मार्ट र ग्रीन सिटि बनाउन फोहोरमैला ब्यास्थापन र अन्तरनिकाय समन्वय गरेर सबै सडक कालोपत्रे गरेर

बसाइँसराइ रोक्ने गरेर नीति कार्यक्रम बनाउने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D