gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुगां नगरको आफ्नै भवन

हुमाकान्त पोखरेल
गुल्मी, २९ साउन । रेसुगां नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ मा नगरको भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको नगरप्रमुख डिल्लिराज भुसालले शुक्रबार उद्धाटन गरे ।

साविक तम्घास गाविस हुँदा नै एक करोडमा बन्न सुरु गरेको भवन अलपत्र परेको थियो । अहिलेसम्म छैठौँ पटकको टेन्डर गरी कुल पाँच करोड ८६ लाखमा भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । चार तले भवनमा २० कोठा र दुईसय जना अटाउने सभाहल छ । साथै गेट, कम्पाउण्ड, पार्क लगायतका संरचना पनि निर्माण भएका छन् । नगरपालिकाले गत चार बर्षदेखि खानिगाउँको एक घरमा मासिक ७५ हजार भाडा तिर्दै कार्यालय संचालन गरेको थियो ।

नगरप्रमुख भुसालले आफ्नै कार्यालय भएपछि सेवाप्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे । ‘कार्यालय सम्पन्न हुन केही समय ढिलाई भएको हो ।’ उनले भने, ‘अब सेवा प्रवाहमा सहजता हुनुका साथै घरभाडाको रकम बचत हुनेछ ।’ नगरपालिकासँगै जिल्लामा आफ्नै कार्यालयबाट कार्यसम्पादन गर्ने पालिकाको सङ्ख्या दुई पुगेको छ ।

यसभन्दा अगाडी धुर्कोट गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको थियो । मदाने र रुरुक्षेत्र गाउँपालिकाले वडा कार्यालयबाट कार्यसम्पादन गर्दै आएका छन् । मालिका र छत्रकोट गाउँपालिकाले सभाहलबाट कार्यालय संचालन गरेका छन् । जिल्लाका छ पालिका अझैपनि भाडाका घरबाट संचालित छन् । मुसिकोट नगरपालिका, इस्मा, गुल्मीदरबार, सत्यवती, गालिगण्डकी र चन्द्रकोट गाउँपालिका भाडाका घरमा छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D