gulminews logo
सोमबार, २०८१ बैशाख २४

रेसुंगा र मुसिकोटमा नमुना मतदान: कुल खसेको मतमा २१ प्रतिशत बदर

टोपलाल अर्याल
गुल्मी, ५ कार्तिक । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ । बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो ।

निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो । रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए । पराल्मीमा ८० बर्षीय तुल्सीराम पोख्रेल र मुसिकोटमा ७५ बर्षीय धनिश्वर घिमिरेले पहिलो मत खसालेका थिए । पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत गरी कुल ९० मत खसेका थिए । जसमा २१.११ प्रतिशत अर्थात १९ मत बदर भएको पाण्डेयले बताए ।

स्थानीय सवै उमेर समुहका बिद्यार्थी, क्लव, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधीले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत बरान्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, निर्वाचन अधिकृत माया कुवंर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधीहरुको नमुना मतदान कार्यक्रममा सहभागीता रहेको थियो ।

नमुना मतदानका सवै विधी र प्रक्रियाहरु अबलम्बन गर्ने गरिन्छ । यो निर्वाचनमा १२ वटै पालिकामा नमुना मतदान हुँदैछ । जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन् । भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D