gulminews logo
सोमबार, २०८१ बैशाख २४

रेसुंगा गौशालामा गौ पुजा, गौमुत्र उत्पादनदेखि मुष्ठिदान अभियान

टोपलाल अर्याल
गुल्मी, ८ कार्तिक । रेसुंगाको गौशालामा गाई पुजा गरिएको छ । प्रत्येक बर्षको तिहारमा गौशालामा गाईपुजा तथा गोर्वद्धन पुजा गर्ने गरिएको छ । रेसुंगाको गौशालामा डेढ सय स्थानीय जातका गाई रहेका छन् । संरक्षण समितिले एउटा गाईको चार हजार लिएर संरक्षणको काम आफै गरिरहेको छ । गौशालामा गाईको पुजा गर्न जानेहरुको बिहानैबाट घुइँचो लागेको छ ।

गौशालामा गाई तथा गोर्वद्धन पुर्जा गर्ने, राम्रो र नयाँ घाँस, नुनसहितका मिठा परिवार खुवाउने र मुष्ठि दान गर्ने गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । गुल्मी र अर्घाखाँचीका धर्माबलम्बी गौशाालामा पुग्ने गरेका छन् । गाई पुजाको लागि तम्घास बजारमा एक सातादेखि मुष्ठिदान अभियान संचालन गरिएको थियो । यो अभियान तीन महिनासम्म चल्ने छ । उनले मंगलबार औसीसहित सुर्य ग्रहण रहेको र आज गरिएको दान अक्षय हुने भुसालले बताए ।

रेसुंगा नगरपालिका, इस्मा र मुसिकोट लगायतका स्थानबाट घाँस र नुन बोकेर थुप्रै व्यक्ति गौशाला पुगेका थिए । ‘गाईको लागि गरिएको सेवा सवैभन्दा ठुलो हो । तर, अहिले गाई हेर्न गौशाला पुग्नुपर्ने स्थिती आयो,’ इस्मा गाउँपालिका ४ तुल्सीराम कुवंरले भने,‘मैले विभिन्न प्रकारका घाँस बोकेर गौशाला आएँ ।’ गौशालामा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलसहित सुरक्षा निकाय र म्यादी प्रहरीले गौशाला क्षेत्रको सरसफाई, घाँसका बिरुवा संरक्षण र व्यावस्थापन गरेका थिए । प्रशासन कार्यालयको नेतृत्वमा सोमबार पनि रेसुंगा क्षेत्रमा झाडी सरसफाई गरिएको थियो । गौशालामा माधव समिति लगायतका विभिन्न संघसंस्थाहरुले बर्षेनी सहयोग गर्दै आएको छन् । सामुदायिक उत्प्रेरणका लागि रेसुंगा जाने पैदल मार्ग र गौशालामा सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

गत बर्षदेखि रेसुंगाको गौशालाबाट अर्क (गो मुत्र) संकलन, प्रसोधन तथा बिक्री वितरणको काम सुरु गरिएको छ । २०४२ सालबाट योगी नरहरी नाथले रेसुंगा यज्ञशालामा कोटी होमको माध्यमबाट संकलन भएका २६ वटा गाइका बाच्छिहरुबाट गौशाला सुरु गरिएको थियो । अहिले लक्ष्मी जातका एक सय ५० बढि गाईहरुबाट गो मुत्र अर्थात गहुँत संकलन, प्रसोधन र बजारिकणको काम थालिएको रेसुंगा संरक्षण समितिले जनाएको छ । अहिले दैनिक २० लिटर गो मुत्र संकलन र प्रसोधन गरिएको छ । गो मुत्र काठमाण्डौ प्रयोगशालाबाट परिक्षण समेत गरिएको छ । परिक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडीवुटीहरु खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरुको गो मुत्र देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको भुसालले दाबी गरे । उत्पादित गो मुत्र अहिले देशमा विभिन्न आश्रमहरुमा पठाइएको छ ।

रेसुंगा संरक्षण समितिका अनुसार प्रसोधित गो मुत्र केहि दिनमा लेवलिङ गरेर बजार पठाउने योजना रहेको छ । गौशालामा गो मुत्रलाई संकलन तथा प्रसोधन गरेर औषधी र धार्मिक कार्यको लागि बजारिकरणको काममा तारागाउँ विकास समितिका प्रमुख झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् । ज्ञवालीकै पहलमा दाताहरुबाट संकलन गरेका केहि रकमबाट ६० लाख रुपैयाको लागतमा गौशाला व्यावस्थापन, गोपालहरुको वासस्थान र गाइलाई दर्शन गर्न आउने दर्शनार्थीहरुलाई बस्ने व्यावस्थासहितको काम भइरहेको संरक्षण समितिका सचिवले मोति खनालले बताए ।

गो मुत्र प्रसोधनको लागि अझै अत्याधुनिक मेसिन पनि ल्याइएको छ । गौ मुत्र प्रसोधन गर्ने र मल बनाउने मेसिन बिद्युत नभएको कारण संचालनमा नआएका कारण रोएिको छ । गाई भागवतानन्द स्वामीकै पहलमा भक्त झविन्द्र ज्ञवाली, समृति मल्ल र राजु मल्ल लगायतका व्यक्तिहरुले रिडी बगरका गाइहरुको व्यावस्थापन र रेसुंगा गौशालामा गो मुत्र संकलन तथा प्रसोधनको काम पनि गरिरहेका छन् । भागवतानन्दको पहलमा रिडीको बगरमा अलपत्र एक सय १६ गाईलाई नजिकैको कुसेनी भन्ने स्थानमा करिव ५० रोपनी जग्गा खोजेर व्यावस्थापन गरिएको गो संरक्षण अभियानका अभियान्ता समेत रहेका झविन्द्र ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार केहि समयमा रेसुंगा गौशालामा तीन÷चार हजार स्थानीय जातका गाई पाल्ने र गो मुत्रबाट औषधी र गोवरबाट अगरबत्ति लगायतका सामग्री उत्पादन गरिने छ । जसका लागि देशभरका गाइभक्तहरुसंग सम्पर्क गर्ने काम भएको ज्ञवालीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D