gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुंगामा एमालेको मनोनयन दर्ता

गुल्मी, १२ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेको तर्फबाट सवै उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवाली, नगरप्रमुख डिल्लीराज भुसालसहितका नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । आगामी बैशाख ३० गतेको निर्वाचनको लागि मेयरमा इन्जिनीयर राजेन्द्र प्रसाद पाण्डेय र उपप्रमुखमा रिता पाण्डेयले मनोनयन गर्दा गराएका छन् ।

पार्टी कार्यालयमा प्रतिवद्धतासहित उमेदवारलाई मनोनयनको लागि पठाइएको थियो । सोहि अवसरमा ज्ञवालीले सवै तिक्तता बिर्सिएर एमालेको उमेदवारलाई बिजयी बनाउन सवैलाई आग्रह गरे । उनले एमाले बिरुद्धको गठबन्धनलाई परास्त गरेर एमालेको लाल झण्डा फहराउन सवै नेता कार्यकर्ता अबिचलित भएर लाग्न निर्देशन दिए । मेयरका उमेद्वार पाण्डेले आफुहरुको बिजयी सुनिश्चत भइसकेकाले एकमन भएर चुनाव परिचालनमा खटिन आग्रह गरे ।

त्यस्तै वडा नं १ को वडाध्यक्षमा रामप्रसाद पन्थी, वडा नं २ मा उत्तम बहादुर कुवंर (हिमाल), वडा नं ३ मा मान बहादुर घर्ति, वडा नं ४ मा चोलाराज शर्मा, वडा नं ५ मा तेजप्रसाद खनाल, वडा नं ६ म ागन बहादुर गुरुङ्ग, वडा नं ७ मा रामबहादुर थापा क्षेत्री, वडा नं ८ मा निरञ्जन थापा, वडा नं ९ मा नारान बराल, वडा नं १० मा पदमप्रसाद अर्याल, वडा नं ११ मा खुम बहादुर राना, वडा नं १२ मा केशवराज गौतम, वडा नं १३ मा ढाल बहादुर थापा र वडा नं १४ मा अनुप सुर्यवंशीसहित सवै वडाका सदस्यहरुले मनोनयन दर्ता गरेको नेकपा एमालेका कार्यालय सचिव गणेश श्रेष्टले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D