रेनपा १२ नं. वडामा जस्तापाता बाँडियो, १ महिना भित्रै लगाई सक्नुपर्ने

तिलाचन पाण्डे
गुल्मी, बैशाख १६ । जिल्लाको रेसुंगा नगरपालिकाले खरका छाना बिस्थापन गर्नका लागि १२ नं वडामा जस्तापाता बितरण गरेको छ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्तर्गत २९ घरधुरीहरुलाई रंगीन जस्तापाता बितरण गरिएको हो ।

जस्तापाता बितरण गर्दै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जस्तापाता लिई घरनबनाई यसै दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै एक महिना भित्रमा जस्ता लगाई सक्न आग्रह गर्नुभयो । यस्तै घरमा आर्थिक अबस्था कमजोर भएका ब्याक्त्तिहरुका लागि वडाबासीहरुले जनश्रमदान गरि सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै उपप्रमुख सीता भण्डारीले जस्तापाताको सहि सदुपयोग गर्न आग्रह गर्दै बिकासमा बिबाद नगरी सबै मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी लगायत कर्मचारीहरु , वडा सदस्यहरु कार्यपालिका सदस्य लगायत स्थानीय हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष कुल बहादुर टण्डननले बिकासमा राजनीति नभई सबै हातमा हात मिलाएर जान र आफलेू सधै बिकासमा सबैलाई समानरुपले हेरेको दाबी गर्नुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ