gulminews logo
बुधबार, २०८१ बैशाख १२

रेडियो रेसुङ्गाले २० प्रतिशत बोनस बाँड्ने

गुल्मी, ५ फागुन । गुल्मीको रेडियो रेसुङ्गा एफएमले २० प्रतिशत बोनस बाडने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको एफएमले १०औं वार्षिक उत्सवको अबसरमा आफना शेयरधनीलाई २० प्रतिशत बोनस बाँड्न लागिएको रेडियो रेसुङ्गा एफएम प्रालि सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

रेडियोले आफनो व्यावस्थापनसँगै बाँकी रहेको रकमलाई रेडियो स्थापना गर्न लगानी गर्ने शेयरधनीलाई बोनस बाँड्ने निर्णय गरिएको रेडियो सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँ देखि शहर सम्म शान्ति अनि समानताको प्रतिक भन्ने नाराका साथ गुल्मीमा ०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर रेडियो रेसुङ्गा एफ एम १०६ दशमलव २ मेगाहर्जले रेडियो स्थापना भएको थियो ।

जिल्ला स्थित बिभिन्न ५० जना व्यावसायीहरु मिलेर स्थापना भएको रेडियोले यहि फागुन ७ गते सफलतम १० वर्ष पुरा गर्दैछ । वार्षिक उत्सवको अबसर पारेर रेडियोले आफना शेयरधनिलाई बोनस दिन लागेको हो । रेडियोले यस अघि झण्डै तिन वर्ष पहिले शेयरधनिलाई १० प्रतिशत बोनस बाँडेको थियो ।

हाल बाँड्न लागेको बोनस दोस्रो पटक रहेको छ । गुल्मी जिल्लाकै पहिलो रडियो स्थापनाले हाल गुल्मी जिल्लामा सञ्चार क्षेत्रले फड्को मार्दै गएको छ । रेडियोले यहि फागुन ७ गतेबाट ११औं वर्षमा प्रबेश गर्दै छ ।
वार्षिक उत्सवको अबसर पारेर रेडियोले आफना शेयरधनि र रेडियोका कर्मचारी बिच अन्र्तक्रिया कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्टुडियो रहेको रेडियो टावर २ हजार मिटर भन्दा अग्लो डाँडा अर्जुनमा राखिएको छ ।

पाँच सय वाट क्षमता रहेको रेडियोले दैनि १८ घण्टा प्रसारण गर्दै आएको छ । रेडियोमा दैनिक आफनै उत्पादनमा समाचार,सुचना मनोरञ्जनात्म कार्यक्रमहरु र केहि केन्द्रिय प्रसारणका कार्यक्रमहरु प्रसारण हुँदै आएको स्टेशन म्यानेजर अनिता खत्रीले बताइन् ।

वार्षिक उत्सवसँगै रेडियोले थप बिसुद्ध जनताको हितमा रहेर नयाँ कार्यक्रमहरु थप गर्ने तयारी गरेको उनले बताइन् । गुल्मी जिल्लाका धार्मिक,ऐतिहासिक क्षेत्रहरुको प्रचार प्रसारमा ध्यानदिँदै रेडियो सुन्ने स्रोताको जनचाहना अनुसार आएका सुझावहरुले केहि नयाँ थप कार्यक्रमहरु आगामी थपेर रेडियोलाई थप लोकप्रिय बनाउने स्टेशन म्यानेजर खत्रीले बताइन् ।

बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी धेरै जिल्लाहरु र इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D