रेडियो रेसुङ्गाले समाचार बाहेकका कार्यक्रम उत्पादन बन्द गर्ने, घरबाटै समाचार संकलन र सम्पादन

गुल्मी, चैत १२ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न गुल्मीकै पहिलो रेडियो, रेडियो रेसुङ्गाले नियमित काममा सावधानी अपनाउने भएको छ ।

रेडियो रेसुङ्गाले बिहिबार देखि साँझको रेसुङ्गा सेरोफेरो तथा बिहान ८ बजेको स्थानीय खबर बाहेकका रेडियोले उत्पादन गर्ने अन्य रेडियो कार्यक्रमहरु केही समय सञ्चालन नगर्नेे रेडियो सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो।

त्यस समयमा रेडियोबाट कोभिड १९ को रोकथाम, जोखिम न्युनिकरण तथा अपनाउनु पर्ने सुरक्षाका उपाय समावेश गरिएका रेडियो सामाग्री प्रशारण हुने अध्यक्ष भलामीले जानकारी दिनुभएको छ। कोभिड १९ कोरोना भाइरसकोे संक्रमण तथा जोखिमलाई मध्यनजर गरि गुल्मी पनि लक डाउन गरिएकाले रेडियोमा कार्यरत प्रस्तोताहरुलाई स्टुडियोमा आउँदा संक्रमणको जोखिम हुने भएकाले रेडियोबाट उत्पादन गरिने कार्यक्रमहरु केही समय सञ्चालनमा नआउने अध्यक्ष भलामीले जानकारी दिनुभयो। रेकर्ड गरिएका कार्यक्रमहरु भने रेडियोबाट प्रशारण हुने छन्।

उहाँले रेडियोका सम्वाददाताहरुलाई आफू अत्यन्त सुरक्षित रही सही र विश्वसनीय सूचना तथा जानकारीसँगै जनचेतना समेत बढाउन आग्रह गर्नुभयो। यस्तै रेडियोमा कार्यरत पत्रकारहरु घरमै एकान्तवासमा बसेर समाचार संकलन, लेखन र सम्पादन गर्ने तथा साँझ ७ बजे रेसुङ्गा सेरोफेरो र बिहान ८ बजेको स्थानीय खबर प्रशारण गर्ने रेडियोकी स्टेशन म्यानेजर अनिता खत्रीले जानकारी दिनुभयो।

रेडियोबाट प्रशारण गर्नुपर्ने ब्रेकिङ समाचार पनि एकान्तवासबाटै प्रशारण गरिने म्यानेजर खत्रीले जानकारी दिनुभयो। उहाँले रेडियोमा २ जना प्राविधिकहरु रहने र अत्यावश्यक सुचना प्रशारण गर्ने बताउनुभयो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ