रुरु गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

टोपलाल अर्याल,
१८ जेठ। रुरु गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुर्कम फाउण्डेशनको संयोजनमा गाउँपालिकाले संचालन गरेका गतिविधी सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरला कुमारी पौडेलले गाउँपालिकाको बजेट, योजना र कार्यान्वयनको बारेमा जानकारी गराइन । सार्वजनिक सुनुवाईमा गाउँपालिकाका नागरिकहरुले सेवा प्रवाह नागरिक मैत्री नभएको, योजना सम्झौता र भुक्तानी प्रक्रिया झन्झटिलो, उपभोक्ता समितिलाई तालिमको अभाव, शिक्षा क्षेत्रमा थुप्रै समस्या देखिएपनी गाउपालिका उदासिन रहेको, गाउपालिकाको भौतिक प्रगति संतोषजनक नभएको, एम्बुलेन्स सन्चालन नभएको लगायतका बारेमा गुनासो राखेका थिए । रुरु गाउँपालिकाका ३५ जनाले करिब पाँच दर्जन प्रश्न उठाएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको जवाफ दिदैं गाउँपालिका अध्यक्ष निलकन्ठ गौतमले यो बर्ष पहिलो अनुभव, कानुन निर्माण र व्यावस्थापनका कारण सोचे अनुसार काम गर्न नसकिएको बताए । पुरानो सोच भएका नयाँ मान्छेका कारण गाउँपालिका अगाडी बढ्न नसकेको उनले बताए ।

उनले आफुहरु सवै कुराले सक्षम बन्दै गएकाले अबको समय विकास र समृद्धिको बाटोमा अगाडी बढ्ने बताए । ‘अहिले पाँच बर्षको रोड म्याप बनाउने अभियानमा छौ, आफुहरु नागरिककै पक्षमा छौ,’उनले भने,‘कसैलाई पछुताउनु पर्दैन, सहयोग सवैको आवश्यकता छ ।

गाउँपालिका उपप्रमुख लक्ष्मी पन्थले आफुहरुलाई जिम्मेवारी धेरै दिएपनी अनुभव तथा कानुन र अरु धेरै जटिलताले न्यायको क्षेत्रमा काम गर्न गाह्रो भएको बताइन ।

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरला कुमारी पौडेलले सघियताको कार्यान्वयन, सिक्दै गरेका जनप्रतिनिधि र नागरिकका अधिक आशा र अपेक्षानै यो बर्षको प्रमुख चुनौती रहेको बताइन । नागरिकका गुनासाको जवाफ गाउपालिका अध्यक्ष गौतम, उपाध्यक्ष पन्थ, प्रमुख प्रसासकिय अधिकृत पौडेल, आर्थिक बिकास समिती सम्योजक रामलाल बिक, सामाजिक बिकास समिती सम्योजक शेष नारायण पौडेल, पुर्वाधार बिकास समिती सम्योजक फर्सुराम ज्ञवाली सुशासन तथा सामाजिक बिकास समिति सम्योजक घनश्याम अर्याल, बिधायन समिती सम्योजक पुर्ण बहादुर रेगामी लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा सुर्कम फाउडेशनको तर्फबाट जर्नादन घिमिरे र टोपलाल अर्यालले सहजिकरण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ