gulminews logo
बुधबार, २०८१ बैशाख १२

रुरु क्षेत्रको पहिलो निर्णय: न्युनतम विद्युत महशुस नि:शुल्क

टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । रुरु क्षेत्र गाउँपालिकाले पहिलो निर्णय रुरुक्षेत्र गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई न्यूनतम बिद्युत महसुल नि:शुल्क गर्ने निर्णय गरेको छ । केहि समयमै सवैको लगत संकलन गरेर निर्णय कार्यान्वयनमा लैजाने गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिए ।

पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको न्युनतम विद्युत महशुल नि:शुल्क गर्ने निर्णय गरेका हुन् ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा माओबादीकी मिनादेवी ज्ञवाली बिजयी भएका हुन् ।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका ज्ञवालीले ५ हजार १८७ मत प्राप्त गरि बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका थिए । ज्ञवालीले श्रेष्ठले भन्दा १ हजार २७७ बढी मत प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिनादेवी गौतमले ५ हजार ४५१ मत प्राप्त गरि बिजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दुर्गा ज्ञवालीले जम्मा ४ हजार ६४६ मत प्राप्त गरे । गौतमले ज्ञवालीले भन्दा ८०५ मत धैेरै प्राप्त गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D