gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ

सन्तोष महतारा
गुल्मी, १० बैशाख । रुरुक्षेत्र गाउँपालिकाले सीप विकास तालिम सुरु गरेको छ । गाउँपालिकाका विभिन्न वडामा विभिन्न प्रकारका सीप विकास तालिम सुरु गरेको रुरुक्षेत्र गाउँपालिकाले जनाएको छ । बुधबार गाउँपालिकाका दुई वडामा सीप विकास तालिमको उद्घाटन गरिएकाे छ। रुरुक्षेत्र गाउँपालिकाकाे आर्थिक सहयोग र राष्ट्रिय ग्रामीण सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको सहकार्यमा बुधबारदेखि कार्यक्रम सुरु गरिएको नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरले जानकारी दिए ।

गाउँपालिकाकाे वडा नम्बर २ ग्वादीमा ३ महिने सिलाइ कटाई तालिमकाे शुभारम्भ भएको छ । तालिमकाे शुभारम्भ गर्दै वडाध्यक्ष घनश्याम अर्यालले सीप सिक्नकाे लागि उत्साह हुन जरुरी रहेको बताएका छन् । सीप सिक्नु आफ्नै लागि भएको वताउँदै वडाध्यक्ष अर्यालले ३ महिने तालिमले पनि आत्मनिर्भर बन्न सक्ने भएकाेले सबैले राम्रोसँग सीप सिक्न आवश्यक रहेको बताए ।

गाउँपालिकाकाे वडा नम्बर ३ थानापतीमा १ महिने स्विटर बुन्ने र १० दिने डल कुशन बनाउने तालिममकाे शुभारम्भ गर्दै वडाध्यक्ष शेषनारायण पाैडेलले सीप सिकेर वस्तु उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या हुन नदिने प्रतिबद्धता जाहेर गरे । सीप सिकेर व्यवसाय गरी आत्मनिर्भर बन्न सकिने भन्दै सिकेको सीप प्रयाेग गरेर उद्योग संचालन गर्न तालिममा सहभागीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए । सीप सिकेर दिर्घकालिन फाइदा हुने भएकाेले तालिम लिएर व्यवसायमा परिणत गर्न सबै सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा स्वागत मनतब्य हरिकृष्ण विककाे रहेको थियो । सीप विकास तालिममा दुबै वडाका महिलाको उत्साहजनक सहभागिता रहेको थियो । अन्य वडाहरुमा पनि अन्य प्रकारका सीप विकास तालिम गाउँपालिकाले गर्न लागि रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D