सन्जु काउछा
गुल्मी, ०६ असौज । जिल्लाको चन्द्रकोट गाउँपालिका ७ स्थित रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको बिहीवार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष युबराज के.सीले उद्घाटन गरेका हुन् ।
एक करोड ५७ लाख रुपिँयाको लागतमा निर्मित भवनको लागि रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतिराज भण्डारी र तारानाथ भण्डारीले जग्गा प्रदान गरेका थिए । जग्गादाता मोतिराज भण्डारीका भाई बिष्णु प्रसाद भण्डारी र तारानाथ भण्डारीलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भण्डारीद्धयले २०७७ सालमा सात लाख रुपैँयामा पाँच रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए ।
२०७७ माघ १९ गते सम्झौता भएको भवनको काम एक बर्ष भन्दा काम समयमै निर्माण सम्पन्न भएको थियो । नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवं प्रसुती सेवा पनि उपलब्ध हुने स्वास्थ्य चौकीले जनाएको छ ।
कार्यक्रमको संयोजन तथा ब्यवस्थापन चन्द्रकोट गाउँपालिका वाड नम्बर ७ का वडाध्यक्ष तथा अस्पातल ब्यवस्थापन समितीका अध्यक्ष अनन्तराम भन्डारीले गरेका थिए । भण्डारीले उक्त स्वास्थ्यचौकीलाई सन्चालन, सम्बर्धन तथा स्तरोन्नतीको लागि आफु ब्याक्तिगत र स्थानिय जनप्रतिनिधीको रुपमा तत्परताका साथ लागी पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्वास्थ्य चौकीको उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख के.सीले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गादाताहरुप्रती आभार प्रकट गर्दै स्वास्थ्य चौकीलाई सन्चालन गर्न आवश्यक पुर्वाधार र स्रोत साधन कुनै पनि हालतमा कमी हुँदा नदिने प्रतिबद्दता प्राकट गरे ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थब्रत जानुनपर्ने उल्लेख गर्दै प्रवासमा रहेर पनि जन्मभुमिको सेवामा समर्पित रहेकोमा जग्गादाता भण्डारीद्वयलाई धन्यवाद दिए । भवनको २०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले शिलन्यास गरेका थिए ।







