gulminews logo
मंगलवार, २०८१ बैशाख ११

रुद्रावेणी सडक पिच नहुँदै भत्कीयो, यसो भन्छन् सत्यवती गा.पा. प्रमुख ढकाल (भिडियो अन्तर्वाता)

प्रेम सुनार
गुल्मी, पुस १४ । गुल्मीको सत्वती गाउँपालिका प्रमुख पारिश्वर ढकालले रुद्रवेणी-वामीटक्सार सडक खण्ड स्तरबृद्धिका क्रममा हुँदै गरेको काममा कम्जोरी भएको बताएका छन् । त्यस सडक खण्डमा भएको पिच नहुँदै ठाउँ ठाउँमा भत्कीएको छ यसवारे सत्यवाती गाउँपालिकाको ध्यान गएको छैन ? भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा हाम्रो गम्भीर ध्यान गएको छ । निश्चित रुपमा उक्त सडक खण्डमा गरिएको पिच अहिले नै भत्कीसकेको छ, मैले पाल्पा सडक डिभिजन प्रमुखलाई ध्यानाकृष्ट गराईसकेको छु, उहाँले पहिलो चरणको काममा त्यसो भएको हो, दोश्रो चरणमा त्यस्तो कमजोरी हुन दिने छैनौं भनेर भन्नु भएको छ ।’

सत्यवती गाउँपालिकाले पहिलो गाउँ सभामा के कुरामा जोड दिनुभयो र आगमी दिनमा के कुरामा बढि जोड दिँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले सत्यवती गाउँपालिकाको परिषद मात्रै नभएर त्यहाँको समग्र विषयमा गहन छलफल गरी कृषि, पशुपालन र पर्यटन विकास सत्यवतीमा प्रवल सम्भावना रहेको र त्यसै अनुसार अगाडी बढिएको बताए । उनले कृषकहरुलाई तरकारी र पशुपालनको फर्म निर्माण गरेर कसरी खाडी मुलुकमा जान बाध्य सत्यवतीका युवाहरुलाई गाउँमै रोजगारी दिएर रोक्न सकिन्छ भनेर कार्यक्रमहरु सञ्चालन गरेको जानकारी लिए ।

उनले आफुहरु केहि दिन अघि भार्से पुगेर त्यहाँका कृषकहरुले सुरु गरेको किवी खेतीलाई थप प्रोत्साहित गरेर अगाडी बढाउने कार्यक्रम ल्याईने बताए । त्यस्तै ठुलोलुम्पेकका कृषकहरुले सञ्चालन गरेको व्यवसायीक तरकारी खेतीलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहित गर्ने, लुम्विनी अञ्चलकै सवैभन्दा अग्लो लेक थाप्ले, सत्यवती, हिले शिद्धवावा र रुद्वेणीको राममन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढिएको बताए ।
सुनौँ उनै गाउँपालिका प्रमुखसँग गरिएको कुराकानी:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D