gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण गर्न सुरु

अनिल खत्री
२४ मंसिर, गुल्मी । तीन जिल्लाको संगम स्थल रुरु क्षेत्रलाई नमूना धार्मिक पर्यटन केन्द्र बनाउन रिडी खोला नियन्त्रण आयोजनाको शिलान्यास भएको छ । गुल्मी पाल्पा स्याङजाको संगम स्थल रिडीमा कालीगण्डकी नदी तथा रिडी खोला नियन्त्रण आयोजनाको मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका हुन् ।

रुरु क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि ७९ वटा कार्यक्रममध्येको तटबन्ध एक हो । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले रिडीको धार्मिक र ऐतिहासिक महत्वलाई बढाउन र आर्कषक गन्तव्य बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताए ।

उनले तटबन्ध मात्रै नभएर अब समग्र आयोजना अघि बढ्ने र बजेटको कुनै समस्या नहुने बताउँदै समयसीमाभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए । राज्यको लगानी र समुदायको अपनत्वबाट मात्रै विकासको प्रतिफल प्राप्त गर्न सकिने भएकाले सबै मिलेर प्रतिफल प्राप्त गर्न अघि बढ्नुपर्ने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको बताए । उनले धार्मिक स्थल रिडीको विकास अब गुरुयोजना अनुसार अघि बढ्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य कमल श्रेष्ठ, तानसेन नगरपालिका प्रमुख अशोक शाही, रुरु क्षेत्र गाउँपालिका प्रमुख निलकण्ठ गौतम, कांग्रेस जिल्ला सभापति भुवन श्रेष्ठ लगायतले बोल्दै रुरुक्षेत्रको महत्वलाई दीर्घकालिन बनाउनका लागि र पर्यटन विकासका सन्दर्भमा जोड दिन सरकारको ध्यान हुनुपर्नेमा जोड दिएका थिए ।

केन्द्र सरकार र प्रदेश सरकारको समपुरक कोशमार्फत आर्थिक बर्ष २०७६ । ७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएको हो ।

२०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट ) निर्माण गरिनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D