gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रिडि–तम्घास सडकमा ब्यापक अनियमितता

हुमाकान्त पोखरेल
गुल्मी, १७ असौज । गुल्मीमा स्तरोन्नती भइरहेको रिडि–तम्घास सडकमा ब्यापक अनियमितता भएको पाइएको छ । लुम्बिनी परिक्रमा सडकअन्तरगत रिडि–तम्घास सडकमा पर्ने रिडि–रातामाटा सडक खण्डमा अनियमितता भएको पाइएको हो । काममा भएको अनियमितता एवम् लाहापरवाहीप्रति गुल्मीका निर्माण ब्यवसायीले अनुगमन गरी आपत्ति जनाएका छन् । रिडि–तम्घास सडक जिल्लाको प्रवेशद्धार हो । सबैभन्दा पहिले कालोपोत्रे गरिएको यस सडकको अहिले रिडिदेखि रातामाटासम्म तीन किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ ।

कुनै पनि सडक ग्राभेलिङ्ग गर्दा सबैभन्दा पहिले कच्ची माटो फल्नुपर्छ । त्यसपछि भाइब्रेटिङ्ग गर्ने, रोलिङ्ग गर्ने र बल्ल ग्राभेलिङ्ग गर्नुपर्छ । यसो गर्दा ८ इन्चसम्म एकै प्रकारको गिटी बाटोमा विच्छ्याउनुपर्ने ब्यवस्था छ । ८ इन्चसम्मको गिटी विच्छ्याउदा जमिनमा पहिले रहेको माटो पुरै पुरिन्छ । अर्थात बाहिर देखिनुहुँदैन । तर गुल्मीको रिडि सडक खण्डमा बन्न लागेमा बाटोमा भने भाइब्रेटिङ्ग र रोलिङ्ग नगरिकन ग्राभेलिङ्ग गर्न थालिएको छ । त्यत्तिमात्र होइन, बाटोको नालिमा पनि कमसल खालको सामान प्रयोग गरिएको गुल्मीका निर्माण ब्यवसायी नवराज श्रेष्ठले जानकारी दिए । भने सडकको नालिमा गाहे उठाउनुभन्दा पहिले १० सेन्टी पिच गर्नुपर्छ ।

तर उक्त सडकमा २ सेन्टी पनि पिच नगरि पर्खाल उठाइएको छ । ‘सडक निर्माण गर्दा नालिमा कम्तिमा १० सेन्टि पिच हुनुपर्छ, ८ इन्चसम्म एकै प्रकारको माल राख्नुपर्छ ।’ उनले भने, ‘तर यहाँ त पुरै मापदण्ड विपरित सडक बन्न लागेको छ ।’ त्यस्तै अर्का ब्यवसायी धनिश्वर गौतमका अनुसार साइडमा बनाउन लागिएको नालिमा तेर्सो बनाएर लगाउनुपर्ने ढुङ्गाहरु सिधा ठाडो बनाएर लगाईएको छ । जुन सडक छिट्टै भत्किने संकेत हो । ‘नालिका ढुङ्गा पनि मिलेका छैनन, त्यसैमाथि बालुवा र सिमेन्टको अनुपात पनि मिलेको छैन, एकदमै कमसल खालको सामान प्रयोग गरिएको छ ।’ गौतमले भने, ‘ठेकेदारले ठग्न खोजेको छर्लङ्ग हुन्छ ।’ यसरी कमसल सामाग्रीको प्रयोग गरी सडक निर्माण गर्दा धेरै फाइदा हुने भएकोल इन्जिनियरकै मिलेमतोमा यस्तो अनियमितता भएको उनले आरोप लगाए । ‘कच्चि र थोरै माल राख्दा एकातर्फ धेरै फाइदा हुन्छ भने अर्कोतर्फ सडक छिट्टै भत्किने सम्भावना पनि धेरै हुन्छ ।’ उनले भने, ‘निर्माण कार्यमा इन्जिनियरको पनि मिलेमतो छ । किनकि इन्जिनियरले चाहेमा सडकलाई राम्रो बनाउन सकिन्छ ।’ सडकमा यतिसम्म हेलचक्राई हुँदा पनि स्वयम् नियमनकारी निकाय कार्यालय र त्यसका कर्मचारी इन्जिनियर नै मिल्नु दुखद पक्ष भएको उनले बताए ।

गल्ति भयो, सुधार्छौ

सडक स्तरोन्नतीको जिम्मा एसियाटिक प्रदिप जिभिलाई दिइएको छ । कम्पनीका प्रतिनिधि विक्रम राईले सडकमा गल्ती स्वीकार गर्दै विग्रेका केहि कुरा सुधार्ने प्रतिवद्धता जनाएको छ । ‘नियमित रुपमा आफै सडकमा आई हेर्न पनि पाइएन, तर सडकमा अनियमितता भएकै हो । केहि हदसम्म काम विग्रिएको छ ।’ राईले भने, ‘बिग्रेका धेरै स्थानमा हामि सुधार्ने प्रयास गर्छौ ।’ निर्माण कार्यमा आफ्नो कम्पनीको पनि प्रतिष्ठा रहेको भन्दै उनले सकेसम्म छिटो नै बाटोलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए ।

रकम रोक्का गर्छौ

सडक ग्राभेलिङ्ग गर्न भ्याटसहित चार करोड २२ लाख बजेट विनियोज गरिएको छ । प्राविधिकका अनुसार दुई सेन्टी मात्र पिच गरी बनाइएको नालिको स्टिमेट गरी रकम भुक्तान गर्न पाइदैन । यसरी हेर्दा पनि निर्माणाधिन सडकमा न रकम भुक्तान दिने अवस्था छ, न त त्यसलाई भत्काएर फेरी बनाउने सम्भावना नै । तर सडक कार्यालय भने अनेक कुरा गरेर उम्किन खोजिरहेको छ । ठेकेदारसँग मिलेका भनिएका सडक डिविजन पाल्पाका सव इन्जिनियर कामेश्वर मण्डलाले भने काम नै नभएको सडकको भुक्तान रोक्का गर्ने बताए । तर उनले निर्माण ब्यवसायीेले भनेजस्तै आफू ठेकेदारसँग मिले वा नमिलेको भन्ने सन्दर्भमा कुनै प्रतिक्रिया दिएनन् । ‘सडक निर्माण गर्दा धेरै ठाउँमा गल्ति देखिएको छ ।’ उनले भने, ‘जत्तिको काम भएको छ, त्यत्तिको मात्र भुक्तान दिन्छौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D