gulminews logo
शनिबार, २०८१ बैशाख ८

रिटर्नी फेडेरेसन गुल्मीको चौथो बिस्तारित बैठक सकियो: विभिन्न पदमा मनोनित

टोपलाल अर्याल
गुल्मी, १५ साउन । रिर्टर्नी फेडेरेसन गुल्मीको चौथा बिस्तारित बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रविलाल पन्थको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । बैठकले रित्त सचिव र उपसचिव तथा विभिन्न सदस्य पदको पदपूर्ति गरेको छ । जसमा सचिवमा देवराज पाण्डे र उपसचिवमा महेन्द्र घिमिरेलाई मनोनयन गरिएको छ ।

त्यस्तै बैठकले विभिन्न पालिकाका १२ जना सदस्यहरु पनि थप गरेको छ । सदस्यहरुमा रामनाथ शर्मा, हिरामणी रिजाल, गोविन्द खरेल, टीकाराम न्यौपाने, तुल्सीराम कुवंर क्षेत्री, हुम बहादुर टण्डन, प्रेम केसी, तेजेन्द्र थापा, जंग बहादुर विक, द्रोण बोहोरा, टीकाराम भण्डारी र बाबुराम महत रहेका छन् । रिर्टर्नी फेडेरेसन बैदेशिक रोजगारीबाट फर्किएका एमाले निकट व्यक्तिहरुको संगठन हो ।

जिल्लाका रेसुंगा नगरपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवति गाउँपालिका गरेर चार पालिकामा कमिटी गठन गरिएको छ । अब बाँकी रहेका पालिका अन्तरगत इस्मामा आगामी २१ गते, चन्द्रकोट, मुसिकोट, धुर्कोट र गुल्मी दरवारमा साउन २८ गते संगठन बिस्तारको कार्यक्रम रहेको रिर्टर्नी फेडेरेसन गुल्मीका अध्यक्ष रविलाल पन्थले जानकारी दिए ।

मदाने, कालिगण्डकी र मालिका गाउँपालिकामा पार्टी कमिटीको योजना अनुसार संगठन बिस्तार गरिने पन्थले बताए । बैठकमा नेकपा एमालेका सचिव गणेश श्रीपाली, उपसचिव धर्म विश्वकर्मा, जिल्ला सदस्य तथा रिर्टर्नी फेडेरेसन गुल्मी जिल्ला इन्चार्ज बिमला खत्री, रिर्टर्नी फेडेरेसनका केन्द्रिय सहकोषाध्यक्ष बसन्त केसी र प्रदेश कमिटी सचिव राजेन्द्र पन्थी लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D