gulminews logo
बुधबार, २०८१ बैशाख १२

रिजालका ‘१४ सन्तान, ईश्वरका वरदान’

प्रेम सुनार
गुल्मी, पुस–१३ । सन्तान धेरै जन्माउने रहर नहुँदा नहुँदै पनि छोराको आशमा धेरैले सन्तान बढि जन्माई रहेका छन् । ‘दुई सन्तान ईस्वरका वरदान’ को नारा लगाउँदै सरकारी र गैह्र सरकारी संस्थाहरुबाट जनचेतनामुलक कार्यक्रममा अरवौं खर्चिदै आएको पनि वर्षऔ भई सक्यो । तर अचम्वको कुरा अहिले पनि एक व्यक्तिका १४ सन्तान छन भन्दा त्यस्ता संस्थाहरुलाई ठाडो चुनौती बनेको छ । कुनै अशिक्षित र सर्वसाधारण असचेत ब्यक्तिका १४ सन्तान रहेका होईनन् , बर्षौं अघि देखि राजनिती र समाज सेवा गर्दै आएका मुसिकोट नगरपालिका वडा नम्वर ३ धारापानीका कुञ्जरमणी रिजालका हुन ति १४ सन्तान ।

६४ वर्षिय रिजालका छोराको आशमा ९ वटी छोरी जन्मिए । त्यस पछि ५ छोरा सहित १४ सन्तान रहेका छन् । सवै सकुशल, शिक्षित र सग्ला, हिष्टपुष्ट रहेका छन् । दशै तिहारमा आँगन भरिन्छ १४ सन्तान र उनका छोरा छोरी सहितले । २०११ साल जेठ २० गते जन्मिएका रिजालको २०३९ सालमा जेठी छोरी गिता जन्मिएकी थिईन् । २०४१ सालमा अर्की छोरी शिवा , २०४२ मा कविता , क्रमशः एक, डेढ र दुई वर्षको अन्तरमा छोरीहरु तुल्सी, कृष्णा, वसनता , नारायणी , यमुना र कुशुम सहित ९ छोरी जन्मिए । छोराहरु क्रमशः महेश्वर , परमेश्वर , ईश्वर , वलभद्र र केशव सहित ५ भाई रहेका छन् । ७ वर्टी छोरीहरुको विवाहदान भई सक्यो अव दुई वटीको मात्र विवाह गर्न बाँकी छ ।

सवै भन्दा कान्छि छोरी कुशुमको २०६३ सालमा जन्म भएको थियो । छोरा नहुनुका विभिन्न कारण ज्योतिषीले देखाई दिए । आँकासंग विवाह गर्न पर्छ भनियो । सन्तान जन्माउँदा जन्माउँदै जेठी श्रीमति हिमाकुमारीको अल्पआयु मै मृत्यु भयो । त्यस पछि उनैकी वहिनी पवित्रालाई रिजालले विवाह गरेका थिए । सवै भन्दा कान्छि कुशुमले कक्षा ६ मा पढ्छिन अरु सवैले उच्च शिक्षा हाँसिल गरेका छन र गर्दै छन् । जेठा छोरा महेश्वरले संस्कृति तथा ज्योतिष शास्त्रमा स्नाकोत्तर गरेका छन ।

उनि देशमा विभिन्न स्थानमा महायज्ञहरु गर्दै हिड्ने गर्दछन् । छोराहरु देश विदेशमा भएकोले प्राय दशैं तिहारमा घरमा जमघट हुने गर्दछ । त्यतिका सन्तान हुर्काउँदा पठाउँदा रिजाललाई कुनै अभावको महशुस नभएको बताउँ छन् । उनि साविकको वडागाउँ गाविस वडा नम्वर ७ का २०४२ सालमा निर्विरोध वडा सदस्य भएका थिए । २०५४ सालको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए । एक समय नेपाली कांग्रेस बडागाउँका पार्टी सभापति चलाई सकेका उनि त्यहाँका चर्चित समाज सेवीहरु मध्ये एक हुन । अहिले पनि उनि नेपाली कांग्रेसका अगुवा कार्यकर्ता मध्ये एक हुन् । ्

ज्योतिषको आश्थामा छोराको आशमा १४ सन्तान जन्मिए जसलाई ईश्वरले दिएको वदानका रुपमा आफुहरुले हात थापेको उनको भनाई छ । पछिल्लो पुस्ताहरु मध्ये गुल्मी जिल्ला सवै भन्दा बढि जिवित सन्तान रहेका रिजाल भएको जानकारीमा आएको छ । गुल्मी कै दिव्रुङ्गमा मृतक सहित एउटै व्यक्तिका २१ सन्तान भए पनि जिवितको सख्या १० मात्रै रहेको छ । सन्तान बढि जन्माउने असचेत दलित समुदाय भनिए पनि रिजाल जस्ता शिक्षित सचेत व्राम्हण समुदाय मै यति धेरै सन्तान जन्मिएका प्रशस्त उदाहरणहरु छन् । पुराना पुस्ता मध्ये उनकै छिमिकी गाउँ साविक मुसिकोट २ को पोखरेल टोलामा ११ भाई छोरा जन्मिएका थिए । तस्वीरः रिजाल परिवार

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D