gulminews logo
बुधबार, २०८१ बैशाख १२

रास्ट्रीय जनमोर्चाले गुल्मीमा गठबन्धनलाइ सघाउने

प्रेम सुनार
गुल्मी, मंसिर–७ । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उमेदावर प्रदिपकुमार ज्ञवालीलाई सघाउने निर्णय गरेको छ ।

जनमोर्चाले आज विज्ञप्ती प्रकाशित गरी गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने र उता डढेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउन भन्दै वामगठबन्धनका उमेदवार खगराज भट्टलाई भोट हाल्ने निर्णय सार्वाजानिक गरे संगै गुल्मी कांग्रेसलाई मात्र होईन, पार्टी सभापति शेरबहादुर देउवालाई समेत ठुलो झड्का लागेको छ ।

गुल्मीमा साविकको क्षेत्र नम्वर १ र २ मा विगतमा कांग्रेस संग नेकपा एमाले एक्लैले टक्कर गर्दै आई रहेको थियो र २०७० सालको निर्वाचनमा झिनो मतले पराजित भए वाहेक अरु निर्वाचनमा एमालेका उमेदवारले जित्दै आई रहेका थिए ।
यसपाली माओवादी केन्द्र सहितको वामगठबन्धनका साझा उमेदवार ज्ञवालीलाई राष्ट्रिय जनमोर्चाले समेत मत हाल्ने निर्णय गरे पछि ज्ञवालीले भारी मतले चुनाव जित्ने आंकलन गठबन्धनले गरेको छ ।
डढेलधुरामा पनि यस अघि देउवा संग माओवादी केन्द्रका उमेदवार भट्ट जम्मा २४ मतले पाराजित भएका थिए अहिले वामगठबन्धनमा एमाले र जनमोर्चाले समेत साध दिए पछि देशका प्रधानमन्त्री एवंख नेपाली कांग्रेस सभापति देउवाले यसपाली भने भारी मतान्तरले हार्ने आंकलन डढेलधुराको राजनैतिक वृत्तमा चर्चा चल्न थालेको बताईएको छ ।
गुल्मीमा प्रदिपकुुमार ज्ञवालीलाई समर्थन गर्ने र डढेलधुरामा खगराज भट्टलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीलाई नेता ज्ञवालीले आफ्नो फेशवुकमा पोष्ट गर्दै धन्यवाद दिएका छन् । यस सम्वन्धमा नेता प्रदिपकुमार ज्ञवाली संग सम्पर्क राख्दा वामगठबन्धनलाई थप सहज भएको बताए । अहिले राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभाका लागि म आफुलाई समर्थन गरेको छ । ‘प्रदेशका विषयमा पनि छलफल साथीहरुले चलाएको हुनु पर्छ’– ज्ञवालीले भने –‘गुुल्मीमा वाम गठबन्धन थप मजवुद भएको छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D