राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना गुल्मी आउँदै

रामकृष्ण कंडेल
गुल्मी, माघ ११ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गुल्मी आउनुहुने भएको छ । मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा हुन लागेको महोत्सवलाई उद्घाटन गर्न उहाँ गुल्मी आउन लाग्नुभएको हो ।

महोत्सवको उद्घाटनका लागि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आउनुहुने निश्चित भएको मुसिकोट नगरपालिका ७ का वडाअध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ । यहि माघ १५ देखि २६ गते सम्म प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०७६ आयोजना गरिएको छ।

मुसिकोटमा पहिलो पटक हुन लागेको महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन विकास, धार्मिक स्थलहरुको प्रबर्धन सहित व्यापार समेत वृद्धि हुने आयोजकले विश्वास लिएको छ। महोत्सवमा ५ करोडको कारोवार र ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मुसिकोट उद्योग वाणिज्य संघ वामीका अध्यक्ष शुदर्सन शाक्यले बताउनुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ