gulminews logo
बिहीबार, २०८१ बैशाख १३

राष्ट्रपती भण्डारीद्वारा कालीगण्डकीमा स्नान, ऋषिकेशव मन्दिरमा पुगेर दर्शन

टोपलाल अर्याल
गुल्मी, ०४ फागुन । राष्ट्रपती विद्यादेवी भण्डारी दुई बेग्ला–बेग्लै कार्यक्रममा सरिक हुन गुल्मी आएकी छन् । मुसिकोट नगरपालिका–६ कुर्घा भुवाचिदीस्थित त्रिभुवन माविको स्वर्ण महोत्सव र रिडी संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटनमा उनी गुल्मी आएकी हुन् ।

रिडी संस्कृत तथा साधारण मावीको कार्यक्रममा उनले प्रसिद्ध धार्मिक स्थल रुरुको विकास र समृद्धिका लागि सवैको ध्यान पुग्नुपर्नेमा जोड दिइन् । साथै कालीगण्डकी र लुम्बिनी चक्रपथले रुरु धामलाई जोडेकाले यसको समुचित विकास गर्नुको विकल्प नभएको बताइन् । संस्कृत पढाई हुने एउटा विद्यालयले सय वर्षको लामो इतिहास बोकेकाले यस्ता शैक्षिक संस्थाहरुको जगेर्ना गनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, गुल्मी–१ का सांसद प्रदीप ज्ञवालीले रुरु धाम तीन जिल्लाको मात्रै धार्मिक स्थल नभएर सिङ्गो देशकै गौरव भएको बताए । उनले सो धामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने काम सुरु भएको पनि जिकिर गरे । उनले संस्कृत माविको सर्वोतम विकासका सधैँ लागिपर्ने पनि आश्वासन दिए ।

शुक्रबार बिहान रिडी आएकी भण्डारीले कालीगण्डकीमा स्नान गर्नुका साथै ऋषिकेश मन्दिरको दर्शन गरेको रुरु संस्कृत तथा साधारण मावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले जानकारी दिए । राष्ट्रपति बिद्यादेवि भण्डारीसँग पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट र सोमप्रसाद पाण्डेय गुल्मी आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D