gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रानिपोखरी निमाबीको सम्बन्धमा नेकपा रेसुङ्गा नगरपालिका १२ ले गर्‍यो यस्ता निर्णय

हुमाकान्त पोखरेल
गुल्मी, ११ असौज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगरपालिका वडा नम्बर १२ को वडा कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले वडाभित्र संचालन भए-गरेका विभिन्न कार्यक्रम तथा योजनाहरुको समिक्षा गरेको छ । साथै रानिपोखरी निम्न माध्यमिक विद्यालयमा भएका पछिल्ला गतिविधिको पनि समिक्षा गर्नुका साथै विद्यालयका सम्बन्धमा केही निर्णयहरु गरेको छ ।

विद्यालयमा नयाँ भवन निर्माणकको क्रममा झडप भई नेपाली काङ्ग्रेसले सदरमुकममा आन्दोलन गरेपछि नेकपाले बैठकको आयोजना गरेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट रानिपोखरी निम्न माध्यमिक विद्यालयको चारकोठे भवन बनाउनको ७० लाख ४० हजार बिनियोजन भएको थियो । उक्त बजेटको काम विद्यालय व्यवस्थापन समितिकै मातहतमा हुने नियम छ । तर व्यवस्थापन समितिले स्थानीय एक निर्माण व्यवसायिबाट गराउने सहमति गरेको थियो । त्यस कार्यलाई तत्काल रोकी समिति मातहतबाटै काम गर्ने भनी नेकपा वडा कमिटीले दिएको ज्ञापन पत्रको अटेरी गरेकोमा बैठकले आपत्ति जनाएको छ ।

एकलौटी ढङ्गले कमिसनको लोभमा वडाध्यक्षले काम गराउन खोजेको र झडपको स्थिति सिर्जना गराई आफ्ना कार्यक्रतामाथि झुटा मुद्धा लगाएकोमा पनि नेकपा वडा कमिटीले विरोध जनाएको नेकपा रेसुङ्गा नगरपालिका १२ का वडा कमिटी अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए । नेकपाले वडाध्यक्ष कुल बहादुर टन्डनलाई बुझाएको उक्त ज्ञापन पत्रको सुनुवाई नगरी कमिसन खाने उदेश्यले निर्माण प्रक्रिया अगाडी बढाउन नदिने निर्णय गरेको छ । त्यस्तै वर्तमान विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठनपश्चात मात्र विद्यालयको काम अगाडी बढाउने र त्यत्तिञ्जेलसम्म काम अगाढी नबढाउने निर्णय गरेको छ ।

यसभन्दा अगाडी निर्माण गरिएको सोही विद्यालयको भवन गुणस्तरहिन भएकोले निर्माण कार्यमा संलग्नलाई कारवाही प्रक्रिया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिसँग माग गर्ने, कोरोना राहत वितरणमा खर्च भएको रकम सार्वजनिक गर्न माग गर्ने तथा तीन बर्षे कार्यकालमा निर्माण सम्पन्न भएका योजना र तिनको रकम यथाशक्य सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गर्न माग गर्ने, विद्यालयमा भए÷गरेका सम्पूर्ण गतिविधिहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र रेसुङ्गा नगरपालिकामा जानकारी गराउने लगायतका निर्णय गरेको महाकिमले जानकारी दिए । बैठकमा नेकपा जिल्ला कार्यालय सदस्य कृष्ण सुनार, जिल्ला सचिवालय सदस्य धर्म विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

खास के हो बिषय ?

रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा अहिले रानिपोखरी निम्न माध्यमिक विद्यालयको भवन निर्माणको बिषयमा राजनीतिक विवाद चलेको छ । विद्यालयको भवन भत्किएपछि राष्ट्रिय पुन निर्माण प्राधिकरणमार्फत काम हुनेगरी चारकाठे भवनको काम गर्नको लागि ७० लाख ४० हजार बजेट बिनियोजन भयो । बजेट कार्यान्वयनको लागि विद्यालयमा दुईवटा सर्वदलिय तथा सर्वपक्षिय भेलाको आयोजना भयो । जसमा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण सुरु गर्ने निर्णय भयो । व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन पाइदैन । तर निर्माण समितिले विनोद विकलाई १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दियो । त्यसपछि स्थानीय गिरीप्रसाद महाकिम लगायतले ठेक्का दिने कार्य रोक्न भदौ १७ गते वडा कार्यालयमा निवेदन दिए । तर व्यवस्थापन समितिले उनीहरुको निवेदनको अवज्ञा गर्दै ठेकेदारमार्फत काम गराउन खोज्दा भदौ १९ गते झडप भयो ।

झडपमा स्थानीय अमित बस्नेत र केयरसिंह टन्डन घाइते भए । कुटपिटमा सलंग्न रहेको भन्दै स्थानीय चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जायरी प¥यो । घाइते भनिएका अमित र केयरसिहं नेपाली काङ्ग्रेस निकट हुन भने पीडक पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट हुन् । किटानी जायरी गरेपछि पनि प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ नगरेपछि काङ्ग्रेसले आफ्ना कार्यक्रताको पक्षमा आन्दोलन ग¥यो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले बैठकको आयोजना गरी वडाका कमजोरी तथा विद्यालयको पुननिर्माणको कामबारे चासो देखाएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D